चुनाव हैन, जनमत संग्रह : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अब जनमत संग्रहमा जानका लागि सबैलाई आग्रह गरेका छन् ।
हिजो विज्ञप्ति मार्फत संसद् विघटन र मध्यावधि चुनावबारे आफ्नो धारणा सार्वजनिक गर्दै विप्वले संसदीय व्यवस्था सफल नभएकाले वैज्ञानिक समाजवादले मात्र निकास दिन सक्ने दावी गरेका छन् । जनमत संग्रहका लागि राजनीतिक पार्टीहरू तयार हुने हो भने त्यसका लागि आफ्नो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि सहकार्य गर्न तयार रहेको विप्लवले स्पष्ट पारेका छन् ।
अहिलेको समस्या कुनै पार्टी, व्यक्ति वा सरकारको मात्र नभएर संसदीय व्यवस्थाकै समस्या भएको भन्दै उनको चुनावमा जानु झन् ठूलो संकट निम्तनु रहेको तर्क गरेका छन् ।
विप्लवले भनेका छन् ‘यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्नु हो ।’