महामारीका बेला सडकमा जाँदैनौं, अदालतले न्याय दिन्छ भन्ने विश्वास छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले आफूहरुलाई न्याय दिने विश्वास व्यक्त गर्दै सडक आन्दोलनमा नजाने बताएका छन् ।
प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक हस्तक्षेप गरेर मुलुकमा राजनीतिक संकट पैदा गरेको देउवाको आरोप छ ।
नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा आज आयोजित भर्चुअल माध्यमबाट सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रपतिले मध्यरातमा असंवैधानिक रुपमा संसद विघटन गरेकाले आफूहरु न्याय खोज्न अदालत जानुपरेको बताएका छन् ।
सांसदको हस्ताक्षरमा विश्वास नलागे परीक्षण गर्नुपर्नेमा संसद विघटनलाई सहज बनाइदिएको भन्दै राष्ट्रपतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
देउवाले भने ‘राष्ट्रपतिजस्तो मान्छेले, प्रधानमन्त्रीले भनेको मान्न हुन्थेन, प्रधानमन्त्रीले त ग¥यो ग¥यो, राष्ट्रपतिले गर्न हुन्थेन, त्यसैले हामी अदालत गएका छौं, मलाई विश्वास छ अदालतले न्याय गर्छ ।’
महामारीको समयमा सडक आन्दोलनमा नजाने बताउँदै देउवाले भने भने ‘अहिले कोरोनाका कारण सडकमा जान सकिएको छैन, यस्ता बेलामा झन् कोभिड फैलिन्छ, त्यो अपराध गर्नुहुन्न, हाम्रो पनि मानवीय दायित्व हुन्छ, त्यसैले मैले जनतामा नजाऔं भनेको छु ।’