बालबालिकाको लागि २० प्रतिशत शय्या र अक्सिजनको व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । आगामी दिनमा कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउने सम्भावना रहेको र त्यो बालबालिकाको लागि बढी प्रभाव पार्नसक्ने भन्दै नियन्त्रणको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।
आज एक सूचना प्रकाशित गर्दै मन्त्रालयले अस्पतालहरुमा रहेको शय्यामध्ये २० प्रतिशत बालबालिकाहरुका लागि छुट्याउन र अक्सिजनको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
हाल फैलिरहेको दोस्रो लहर स्वास्थ्यकर्मीलगायतको अथक प्रयासका कारण नियन्त्रणभित्रै रहेको पनि मन्त्रालयले जनाएको छ ।