भगवानको नाममा भ्रष्टाचार, ढकाल र खतिवडाको कर्तुत बाहिरियो

काठमाडौं । योग्यता, क्षमता र विवेक नभएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा पुग्यो भने त्यसले त्यो संस्थाको सुशासनमा कति असर गर्ला ? यस्तै घटना पशुपति क्षेत्र विकास कोषमा भएको अनियमितता र भ्रष्टाचारले छर्लङग पारेको छ । कुनै बेला क्रिश्चियन मिसनको लागि काम गर्ने प्रदिप ढकाल र बाल्मिकी संस्कृत विद्यापिठमा पढेर पशुपतिमा श्राद्ध गराउँदै हिड्ने घनश्याम खतिवडा हाल पशुपति क्षेत्र विकास कोषका क्रमश सदस्य सचिव र कार्यकारी निर्देशक बनेका छन । उनीहरुकै कार्यकालमा कोषमा विभिन्न किसिमका डरलाग्दो भ्रष्टाचार भएको प्रतिवेदन बाहिरिएपछि उनीहरुको सर्वत्र आलोचना हुन थालेको छ ।
कोषका सदस्य सचिव ढकाल र कोषाध्यक्ष मिलनकुमार थापाको नाम भ्रष्टाचारको अग्रपंङतिमा आउँछ । कार्यकारी निर्देशक खतिवडाको मिलिमतोमा भएका भ्रष्टाचारका डरलाग्दो तथ्यहरु क्रमश सार्वजनिक भइरहेका पनि छन । कोषका निर्देशक खतिवडा, सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाको मिलिमतोमा तीन चार बर्ष अघि प्रसारण भएको बृतचित्रकोसमेत किनबेच गरेर व्यापक भ्रष्टाचार गरेको तथ्य हालै बाहिरिएको छ ।
पशुपति क्षेत्र बिकास सम्बन्धी तयार पारिएको बृतचित्र तीन चार बर्ष अघि नेपाल टेलिभिजनमा प्रसारण भएको थियो । आर्थिक चलखेल गर्ने नियतले उक्त भिडियो कोषले पुन किनेको र गंगादिप फिल्म कम्पनीका संञ्चालक गंगा पोखरेलले उक्त बृतचित्र बेचेको समाचारश्रोतले जानकारी दिएको छ । चार पाँच लाखमा उक्त पुरानो बृतचित्र कोषले किनेको पशुपति क्षेत्र विकास कोष निकटस्रोतले बताएको छ । कुनै बेला पोखरेलको फिल्म कम्पनीमा अहिलेका पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक खतिवडाले काम गरेको र सोही कारण उनकै मिलेमतोमा यस्तो कार्य भएको बताइन्छ । उनीहरुको सम्बन्ध र आर्थिक लेनदेनका कारण पुरानो बृतचित्र किनबेच भएको स्रोतले बताएको छ ।
करिव चार बर्षअघि सो कम्पनीले पशुपति क्षेत्रको बृतचित्र बनाउने अनुमति पाएको थियो । त्यसबेला पनि कोषले गंगादिपलाई नेपाल टेलिभिनबाट प्रसारण गर्न प्रायोजन गरेको थियो । एउटै बृतचित्रको पटक पटक भुक्तानी गरेर कोषमा भ्रष्टाचार भएको समाचारश्रोत बताउँछ । कोषाध्यक्ष थापाले विमति राख्दाराख्दै पनि निर्देशक खतिवडाको प्रत्यक्ष संलग्नता र निर्देहशनमा पुरानो बृतचित्र कोषले किनेको बताइएको छ । यस्तै सदस्य सचिव ढकाल र निर्देशक खतिवडाको मिलिमतोमा हुँदै नभएको पद सिर्जना गरेर केहि महिलालाई जागिर खुवाउने कामसमेत भएको समाचारश्रोत बताउँछ ।
कोषमा भएको डरलाग्दा भ्रष्टाचार
नेपाल भारत मैत्री पशुपति धर्मशालाको बोलपत्र पहिलेनै मिलेमतो गरी भाडामा लगाउने सम्बन्धमा नेपाल सरकार, सञ्चालक परिषद्ले निर्णय नगरेको र कार्यविधिसमेत स्वीकृत नगरी २०७६ बैशाख ३० गते संझौता गरेको र संझौताको शर्तमा कार्यविधिको दफा उल्लेख गरेको तर हालसम्म पनि कार्यविधि र सम्झौता परिषदमा पेश नगरेको र स्वीकृति पनि नलिएको पाइएको छ ।
यसैगरी गौशाला भुवनेश्वरी ४ सय मिटर बाटो ढुङ्गा छाप्ने कार्य करिब ९ करोडमा बोलपत्र गर्दा नै शर्तहरू राखेर अनियमितता गरेको देखिन्छ । प्राबिधिक र फिल्ड भिजिट बिना नै कोषका स्थायी कर्मचारीलाई वाइपास गर्दै हचुवाको भरमा बाहिरका प्राबिधिकबाट ६ करोड लागतमा अनावश्यक कार्य गरेर अनियमितता गरिएको पाइएको छ ।
वनकालीको धर्मशालाको भाडामा पनि त्यस्तै अनियमितता भएको पाइएको छ । १ करोड जति भाडा उठने भएपनि मिलिमतोमा सम्झौता रद्ध गरेर अनियमितता गरेको पाइएको छ । यसमा कार्यकारी प्रमुख खतिवडाको विषेश संलग्नता रहेको कोषका इमान्दार कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिएका छन ।
फूलपाती तथा उपहार सामान वेच्ने भवन बनाउन नेपाल सरकारबाट ४ वर्ष अगाडि करिव ५ करोड रकम ल्याएको तर बोलपत्र गर्दा तोकिएको ठाउँमा निर्माण कार्य नगरी जंगल क्षेत्रमा बनाएर अनियमितता गरेको र हालसम्म पनि उक्त भवन प्रयोगमा नआएको बताइएको छ । यस सम्बन्धमा स्थलगत निरीक्षण समेत सम्बन्धित निकायबाट हुन नसकेको र यसमा ठुलै रकमको भ्रष्टाचार भएर पनि ओझेलमा परेको बताइन्छ । कर्मचारी नियमावलीको नियम १२ र ७ (क) को व्यवस्था र प्रकृया विपरीत ३ जनाको मिलिमतोमा करारमा कर्मचारीहरू, प्रेस सल्लाहकार , गुरूयोजना अधिकृत परिषद्को स्वीकृति विना नियुक्ति गरेको र कर्मचारीहरूको पनि प्रकृया नअपनाईकन नियुक्ति गरेर अनियमितता गरेको पाइएको छ ।
यसमा पनि तुरुन्तै र महालेखापरिक्षकबाट छानविन हुन जुरुरी रहेको देखिन्छ । सार्वजनिक सुचना प्रकाशित गरी बढी व्याज लिएर बैंकमा मुद्दति खातामा रकम राख्नुपर्नेभएपनि बिना सुचना मिलिमतोमा रकम राखेर नोक्सानी पुर्याएको बताइएको छ । १ करोड भन्दा बढी वार्षिक भाडा आउने गौशाला धर्मशालामा पनि मिलिमतो गरी ५१ हजारमा लगाएर अनियमितता गरिएको छ । वनकालीमा युनेस्कोको मापदण्ड र परिषद्को स्वीकृति विना आर्थिक लाभ लिएर कृपालुजी उद्यान संचालन गर्न दिएर आर्थिक लाभ लिने काम भएको छ ।
त्यस्तै सञ्चालक परिषद्, कार्य सम्पादन समितिमा भए गरेका निर्णयहरूमा निर्णय भएको भन्दा भिन्न निर्णय राय लेखेर सदस्य सचिव र कार्यकारी निर्देशक मात्रले हस्ताक्षर गर्दै जालसाजी पूर्ण निर्णय गरेको पाइएको छ । मुलभट्ट चढ्ने गरेको बा ५ च २०९२ नम्बरको गाडी दुर्घटना भएको र सो बापत मर्मत खर्चका नाममा लाखौं रकम हजम गर्ने काम भएको छ । हालसम्म उक्त गाडी कार्यालयमा नल्याइ ग्यारेजलाई नै उपभोग गर्न दिएर कार्यकारी निर्देशक तथा सदस्य सचिवले मासिक कमिसन लिने गरेको बताइएको छ ।
कार्यकारी निर्देशक पदमा नियुक्ति हुनका लागि आवश्यक पर्ने नियमावली अनुसारको न्युनतम योग्यता नै नपुगेको व्यक्ति खतिवडालाई मिलिमतो कै आधारमा नियुक्ति गरेको पाइएको छ । विद्युतिय शव दाहगृहमा मेशिन खरिद र जडान गर्दा जालसाजी पूर्वक गरिएको बोलपत्रको अध्ययन र छानवीन गर्नु पर्ने देखिन्छ ।तिलगंगा क्षेत्रको जग्गा अधिकरण गर्दा सरकारबाट निकासा भएको रकमबाट बचत भएको रकमको दुपयोग भएको पाइएको छ । यसमा पनि छानविन हुन जरुरी छ ।
तिलगंगा क्षेत्रमा नेपाल सरकारको करिब ४ करोड बजेटमा निर्माण गरिएको पर्यटन सेवा केन्द्र प्रान्स क्याफे वनकाली धर्मशालाको भाडा रकम नतिरेकै व्यक्ति र समूहलाई अपारदर्शी ढंगबाट भाडामा दिएको र हालसम्म करिब १ करोड भाडा रकम मिलिमतोमा नउठाएको र भाडा उठाउनु पर्छ भनि कोषाध्यक्षले भन्दा सदस्य सचिव र कार्यकारी निर्देशक मिलेर कोषाध्यक्षलाई नै एक्ल्याएर कोषलाई थप नोक्सानी पु¥याएको बताइएको छ ।