मेलम्चीका बाढीपहिरो प्रभावितलाई कलाकारहरुको राहत
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई राहत वितरणमा नेपाली कलाकारहरु पनि सक्रिय भएका छन् । विभिन्न कलाकारहरुको छुट्टाछुट्टै टिम त्यहाँ पुगेर राहत वितरण गरिरहेका छन् ।
सिन्धुपाल्चोकमै जन्मिएर काठमाडौंमा कलाकारिता गरिरहेकी नायिकाद्वय श्वेता खड्काले पनि मेलम्ची पुगेर सहयोग गरेकी छिन् ।
मेलम्चीको बाडी पीडितहरुको सहयोगार्थ राहत संकलनको निमित्त आफूले अपिल गरेको २४ घण्टामा ११ लाख बाराबरको खाद्य सामाग्री लगायत लत्ता कपडा संकलन गर्न सफल भएको श्वेताले बताएकी छिन् ।
राहत वितरण पछि उनले फेसवुकमा लेखकी छिन् “म चाहन्थे, मेलम्ची नगरपालिकाभित्र मात्र होइन, गाउँगाउँ, कुना कन्दरामा बसोबास गर्ने वास्तविक पीडितहरुलाई हाम्रो सहयोग पुगोस् । तर, रोड संजालबाट विच्छेद भएका विकट गाउँहरुमा राहत बोकेको गाडी जान सम्भव भएन । अन्ततः हामीले हेलिकप्टरनै प्रयोग गर्नुपर्ने भयो । हाम्रो टिम नेपाल र हामीले हेलिकप्टर मार्फतनै हेलम्बुका वास्तविक पीडितहरुको लागि यथास्थानमानै पुगी राहत सामाग्री बाँड्न सफल भयौ । यातायात सुबिधाबाट बन्चित र बजारका पसलहरुमा पुगेर दैनिक खाद्यान्न खरिद गर्न असम्भव भएका बस्तिहरु जस्तै सेर्काथली, तिम्बु, हल्दे, चालिसे लगायतका स्थानमा पुगेर हामीले सकेको राहत सामाग्री वितरण ग¥यौ । सेर्काथलिका वासिन्दाहरुले त रातमा अन्न नभएर १ महिनादेखि कुहियाएर राखेको जाँड घोलेर पिएको र त्यही जाँडले भोक मेटाएको ब्यथा समेत सुनाउनु भयो । हेलिकप्टर जस्तो महङ्गो ढुवानीको साधन प्रयोग गरेर भए पनि विकट गाउँहरुमा खाद्य सामाग्री पु¥याउन मात्र हैन एक जना सुत्केरी बहिनिलाई सोही हेलिकप्टर प्रयोग गरी उद्दार गर्नुका साथै मेरो ब्यक्तिगत सहयोग स्वरुप रु २५ हजार सहयोग समेत प्रदान गर्न पाउँदा करोडौको काम गरिएको महसुष भएको छ । अतः हामी राहत वितरणको कार्यलाई सुचारु राख्ने योजनामा छौ । अनी तपाईंहरुको साथ र सहयोग पाउने आशामा छौ ।”
अबको केही दिनमै पुनः अर्को राहत सामाग्री लिएर सिन्धुपाल्चोकको विकट गाउंहरुमा जाने योजना रहेको पनि उनले बताएकी छिन् ।
त्यस्तै हाँस्य कलाकार कुमार कट्टेल लगायतको टिम बिहीबार मेलम्ची पुगेर राहत वितरण गरेर फर्किएको छ । कुमारले त्यहाँ क्षतविक्षत भएका कारुणिक दृश्यले मन रोएको बताएका छन् ।
उनले मेलम्चीका बासिन्दाका लागि सबैले मिलेर सहयोग गर्न पनि अपिल गरेका छन् । ३० बोरा चामल, ३४ वटा ब्ल्याङकेट लगायत अन्य खाद्य पदार्थ बाढीपहिरो पीडितका लागि र ३० बोरा चामल, १ बोरा दाल, ५० किलो नुन पीडितहरुलाई खाना खुवाउने काम गरिरहेको हाम्रो टिम नेपाललाई हस्तान्तरण गरेको उनले जानकारी दिएका छन् ।
हेलम्बु गाउँपालिका अन्तर्गत राहत र अस्थायी बसोबारको व्यवस्था हुन नसकेको ठाउँहरुमा पनि आफूहरु समन्वय गरी राहत लिएर जाने तायरी भईरहेको कुमारले जनाएका छन् ।
त्यस्तै नायिका आँचल शर्मा र उनका टिमले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेको छ । नायिका आँचलको साथमा गएका निर्देशक मिलन चाम्स, बसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतले बाढीबाट विस्थापित भएका परिवारलाई खाद्यन्न वितरण गरेको हो ।
नयिका शर्माले त्यहाँका वासिन्दाको सपना मेलम्चीले बगाएर लगेको भन्दै सबै नेपालीहरु एकजुट भएर सिन्धुपाल्चोकबासीका बगेका सपनालाई पूल बनेर पुरानै लयमा फर्काउनुपर्ने बताएकी छिन् ।