काँग्रेस महाधिवेशन : सभापतिका उम्मेदवारको लर्को

काठमाडौं । आगामी भाद्र १६–१९ मा हुन गइरहेको नेपाली काँगे्रसको महाधिवेशनमा सभापतिका उम्मेरदवारहरुको लर्को लागेको छ । बर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी घोषणा के गरेका थिए यही वेलामा उप–सभापति विमलेन्द्र निधिलेसमेत आफू सभापतिको उम्मेदावर रहेको भन्दै सहयोग गर्न देउवालाई आग्रह गरेका छन् । यसैगरी पुर्व उप–सभापति एंव सभापति देउवाका विश्वासपात्र गोपालमान श्रेष्ठलेसमेत आफू पनि सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि संस्थापन पक्ष यतिवेला निकै संकटमा परेको छ ।
निधि र श्रेष्ठले संस्थापन पक्षका नेताहरुको समर्थन लिने काम गरिरहेका छन । उनीहरु जुनसुकै शर्तमा पनि आफुहरु सभापतिको उम्मेदवार बन्ने घोषणा पनि गरेका छन् ।
संस्थापन पक्षका नेताहरुको अलग–अलग उम्मेदवारी घोषणापश्चात संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, बर्तमान महामन्त्री शंशाक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला पनि सभापतिको मुख्य प्रतिस्पर्धाको मैदानमा उत्रन लागेका छन् ।
संस्थापनइतर पक्षका सबै नेताहरुले आफुले सभापति देउवालाई वलियो टक्कर दिन आफु सक्षम रहेको बताइरहेका छन् । धेरै उम्मेदवार खडा भएको खण्डमा देउवालाई लाभ हुने भन्दै चारजना मध्येका एकलाई सर्वसम्मत उम्मेदवार वनाउन पार्टीका अन्य नेताहरुले प्रयास रहेको भएपनि अहिलेसम्म त्यस्ता प्रयासहरु सफल भइसकेको अवस्था छैन । विभिन्न प्रदेशका नेता तथा कार्यकर्ता र केन्द्रीय सदस्यहरुले देउवालाई आफ्नो समुहलाई एकीकृत वनाएर अघि बढ्न सुझाव दिएका छन् । तर संस्थापन पक्ष एकीकृत नभएको खण्डमा संस्थापन पक्षमा पहिरो जाने विश्लेषण उनिहरुको रहेको छ ।
सभापति देउवाले उम्मेदवारी घोषणा गरेपछि संस्थापनइतर पक्ष ठूलो समस्यामा परेको छ । संस्थापनइतर पक्षबाट पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल आफैं अघि सरेर देउवालाई टक्कर दिने पक्षमा रहेको बताइन्छ । आफ्नै समुहभित्र धेरै आंकाक्षी उम्मेदवारहरुका कारण अहिले उनी अघि बढ्न सकेका छैनन् । सभापतिका दावेदार रहेका शेखर कोइराला भने पौडेलले अव अबिभावकको रुपमा रहेर संस्थापनइतर पक्षमा सर्वसम्मत उम्मेदवार बनाउनु पर्नेमा जोड दिदै आएका छन ।
तर नेता पौडेलले भने आजका दिनसम्म खुलेर केही कुरा बताइसकेका छैनन । यसकारण पनि संस्थापनइतर पक्षका नेताहरुले पौडेललाई अबिभावकको रुपमा रहेर अघि बढेको खण्डमा संस्थापनइतर पक्षमा भने सर्वसम्मत उम्मेदवार वनाउन सकिने नेताहरुको बुझाई रहँदै आएको छ । संस्थापनइतर पक्षले विमलेन्द्रको निधिको उम्मेदवारी घोषणाका कारण सभापति देउवालाई निकै वाधा पुगेका र सस्थापनइतर पक्षको जित सुनिश्चित हुने बताउँदै हिंडेका छन । यस्तो अवस्थामा पार्टीका तेश्रो धारका नेता कृष्णप्रसाद सिटौलाले भने अहिलेसम्म प्रष्ट रुपमा मुख खोल्न सकिरहेका छैनन । सभापति देउवाले सिटौलालाई आफ्नो पक्षमा आउन जोड वल लगाइरहेका छन् । सिटौला देउवा पक्षमा गएको खण्डमा गगन थापा, बिश्वप्रकाश शर्मालगायतका अन्य केही नेताहरु संस्थापनइतर पक्षमा जाने अडकलबाजी भइरहेको छ ।