एमाले बैठक भोलि, माधव नेपाल, झलनाथ खनाल, भीम रावललाई बोलाइएन
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको भोलि बस्ने भएको छ । बैठकमा माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायतका कारवाही गरिएका बाहेकका सबै नेतालाई बोलावट भएको बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।
बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने बताइएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ ।
शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय प्रतिनिधि परिषदमा पठाउने ५६० जनाको नाम टुंगो लगाएको एक नेताले बताए ।
त्यस्तै वैठकले आयोजक कमिटी विघटन गरेर २०७५ जेठ २ को कमिटीलाई व्यूताउने बताइएको छ । त्यसपछि चाडै व्यूँतिएको केन्द्रीय कमिटीको वैठक आव्हान गरेर अन्य निर्णयहरु गर्ने बताइएको छ ।