काँग्रेस नेतात्रयले बोलाए केन्द्रीय सदस्यको भेला

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशन नजिकिएसँगै नेताहरु चलायमान भएका छन् । पार्टीको सभापतिको आकांक्षीहरु नेताहरु दर्जन पुगेका छन् । विशेष गरेर वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सुजाता कोइराला, शेखर कोइराला, सशांक कोइराला, विमेन्द्र निधि, प्रकाशमान सिंहलगायतका नेताहरुले सभापति बन्ने आकांक्षा राखेका छन् ।
नेताहरुले आआफ्ना पक्षमा माहोल बनाउन पहल गरिरहेका छन् । नेताहरुले आआफ्ना समूहमा पनि छलफल गरिरहेका छन् ।
यसैवीच नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहवीच पटकपटक छलफल भइरहेको छ । उनीहरुले मिलेर अघि बढ्नका लागि तयार भएका हुन कि भन्ने देखिन्छ । आज नेता सिंहको घरमा भएका भेलाले आफू समर्थक केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् । शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास टोखामा पार्टीको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने उनीहरुको तयारी छ ।
त्यसपछि सभापतिका प्रयासी नेताहरुसँग छलफल गर्ने उनीहरुको रणनीति छ । महाधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गराउन समेत नेताहरु एकमत देखिएका छन् । क्रियाशील सदस्यको विवाद पनि विधि प्रक्रिया अनुरुप समय सीमाभित्र नै सम्पन्न गराउने कुरामा समेत एकमत रहेको सिंहले बताए ।