राष्ट्रियसभा अधिवेशन बिहीबारबाट, तयारी पूरा

काठमाडौं । राष्ट्रियसभाको आठौँ अधिवेशनको बिहीबारबाट शुरु हुँदैन । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभामा हाल १९ वटा विधेयकहरु रहेको र यस अधिवेशनमा ती विधेयकका साथसाथै समितिका प्रतिवेदनहरू र संवैधानिक निकायबाट आएका पत्रहरू प्रस्तुत हुने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने नियमावलीको व्यवस्थाअनुसार अध्यादेशहरू पेश हुने पनि बताइएको छ ।
राष्ट्रियसभा बैठकमा सहभागी हुने सदस्यहरुको बुधबार एन्टिजेन परीक्षण पनि गरिएको छ । संसद भवनमा समाचार संकलनका लागि जाने सञ्चारकर्मी, सुरक्षाकर्मी र संसद सचिवालयको कर्मचारीको पनि एन्टिजेन परिक्षण गरिएको बताइएको छ ।