काँग्रेस महाधिवेशन ः नेतृत्व हत्याउन नेताहरु दौडधुपमा
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने समय नजिकिदै गर्दा नेतृत्वको दावी गर्नेहरुको संख्या आधा दर्जन नाघेको छ । नेपाली काँग्रेसका बर्तमान सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डां सशाङ्क कोइराला, पुर्व उपसभापति गोपालमान श्रेष्ठ र पूर्व महामन्त्री प्रकाशमान सिंहलगायत नेताहरुले सभापतिको उम्मेदवार घोषणा गरेका छन । केन्द्रिय सदस्य शेखर कोइराला र नेता कृष्णप्रसाद सिटौला पनि सभापतिको आकांक्षी रहेपनि उम्मेदवारी घोषणा भने गरिसकेका छैनन ।
यतिवेला पार्टीको १४ औँ महाधिवेशन केन्द्रित छलफल र बहस जार छ । खासगरी यतिवेला उपसभापति निधि, महामान्त्री कोइराला र नेता सिंहको बिचमा भलाकुसारी बाक्लिएको छ । सिंह निवास चाक्सिबारी ठमेलमा नेतात्रय बिचको भेटवार्तामा महाधिवेशन केन्द्रित छलफलको दायरालाई फराकिलो बनाउँदै लैजाने सहमति भएको बताइएको छ । यस अघि पनि तीनै नेताबीच उपसभापति निधि र महामन्त्री कोइरालाको निवासमा छुट्टाछुट्टै भेटवार्ता र महाधिवेशन केन्द्रित विषयमा छलफल भएको थियो ।
गत शुक्रबार महामन्त्री सशाङ्क कोइराला निवास टोखामा पार्टीको १३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासीबाहेक केन्द्रीय कार्यसमितिका सबै सदस्यहरुसँग छलफल भएको छ । अव यसपछि दोस्रो चरणमा सभापतिका प्रयासी नेताहरुसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ । साथै महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गराउन सभापति देउवालाई दबाब दिने, क्रियाशील सदस्यता वितरणलाई पारदर्शी र व्यस्थित बनाउन तथा पार्टीको समायोजन प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेलगायत विषयमा नेतात्रयका बिचमा सहमति र समझदारी बनेको बताइन्छ । जसका कारण अव क्रियाशील सदस्यताको बारेमा नअलमलिने र १५ औं महाधिवेशमा सल्टाउने गरी शुक्रवार सहमति जुटेको छ ।
जति महाधिवेशन मिति नजिकिदै छ त्यति नै नेतृत्वमा पुग्नको लागि नेताहरुमा कसरत बढेको छ । महाधिवेशनको मिति नजिकिदै गर्दा पार्टीका विभिन्न समूहबीच भावी नेतृत्वका लागि तछाडमछाडका साथ कसरत शुरु भएको छ । गत असार ११ गते संस्थापनइतर समुहमा रहेका वरिष्ठ नेता रामचन्द्र पोडेलले आफ्नो समूहका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुसँग छलफल गरी आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका गरिसकेका छन ।
तर उनकै समुहमा रहेका महामन्त्री कोइराला र नेता प्रकाशमान पनि सभापतिको आकाँक्षी बनेपछि भने पौडेल समस्यामा परेका छन । गएको असार १४ गते भुतपुर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला पुत्री नेतृ सुजाता कोइराला निवास मण्डिखाटारमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र कोइरालाबीच महाधिवेशनलगायत विषयमा छलफल भएको थियो । उनीहरुले आगामी महाधिवेशनमा संस्थापनइतर समुह बिरुद्ध कसरी एकीकृत र संगठित रुपमा आगामी महाधिवेशनमा प्रस्तुत हुने भन्ने बिषयमा रणनीति बनाइरहेका छन । वरिष्ठ नेता पौडेल र नेता सिटौला १३ औँ महाधिवेशनमा पार्टी सभापतिका प्रत्यासी भएर पनि पराजय भएका थिए । सिटौला पहिलो चरणबाट बाहिरिए भने पौडेल दोश्रो चरणबाट सभापतिमा हार बेहोरेका थिए ।
गत असार ४ गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । सो निर्णयपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः उम्मेदवारी दिने तयारीका साथ आफू निकट पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग चरणबद्ध रुपमा छलफल जारी राखेका छन् ।
संशोधित कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन आगामी २०७८ साउन १२ गते, गाउँ–नगरपालिको अधिवेशन साउन १६ गते, प्रदेश सभा र क्षेत्रीय अधिवेशन साउन २० गते हुने गरी समयतालिका तोकिएको छ । यसैगरी प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने गरी समय तालिका मिलाइएको छ । यस्तै क्रियाशील सदस्यता नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि आज र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेलाई तोकिएको छ ।
सदस्यता वितरणमै रस्साकस्सी
आउँदो भाद्र महिनामा गर्ने भनिएको नेपाली काग्रेसको १४ महाधिवेशनको चहल पहल बढेको छ । कांग्रेस भित्रका गुट उपगुटहरु आ–आफ्नो पक्षमा वहुमत पु¥याउन क्रियाशील सदस्यहरु वढाउन लागि परेका छन् । क्रियाशील सदस्यको किचलो शुरु भएको छ । काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रक्रिया विपरित क्रियाशील सदस्यता वितरण गरेको आरोप लगाउदै आएका छन् । संस्थापन पक्षले काँग्रेसको मुल्य, मान्यता विपरित सदस्यता बाँडेको भन्दै मान्यता नदिने अडान राखेपछि संस्थापन र इतरपक्षबीच फेरि किचलो सुरु भएको छ ।
कांग्रेसको हालै बसेको पदाधिकारीको वैठकमा नेता पौडेलले क्रियाशील सदस्यलाई मान्यता नदिने अडान राखेपछि सभापति देउवाले सदस्यता छानविन समितिका संयोजक र सदस्सहित वसेको पार्टीका पदाधिकारीहरुको वैठकमा आफुमाथि शंका नगर्न आग्रह गरेका छन । साथै पौडेल पक्षको सुझाव मान्न आफु तयार रहेको वताएका छन । वैठकमा सभापति देउवाले काँग्रेसको मान्यता विपरित कसैको नाम सिफारिस भएको भए नाम दिन पौडेल पक्षसँग आग्रह गरेका थिए ।
२०७४ को आम निर्वाचन अघि र त्यसभन्दा पछि काँग्रेसमा प्रवेश गरेका व्यक्तिहरुका विषयमा क्रियाशील सदस्यता सम्वन्धी विवाद रहेको छ । काँग्रेस छाडेका विजयकुमार गच्छदारले लोकतान्त्रिक फोरम पार्टी निमार्ण गरे । २०७४ को आम चुनाव अघि उनी फेरी नेपाली कागे्रसमा प्रवेश गरेका थिए । गच्छदार समुहलाई २५ हजार भन्दा बढि क्रियाशील सदस्यता दिएको छ । सो समूहका नेता तथा कार्यकर्ताहरु काँगे्रस पृष्ठभुमिका हुन । उनीहरु वडा तहवाटै संयोजन हुने भएपनि नेपाली काँग्रेस प्रवेश गरेका सुनिलवहादुर थापासहितका राप्रपावाट आएका नेता तथा कार्यकर्ताहरु र माओवादी केन्द्र, एमाले, समाजवादी पार्टीलगायत अन्य पार्टीवाट आएकाहरुको हकमा भने समस्या देखिएको छ ।
गच्छदारसहित थापाहरु संस्थापन पक्षमा लाग्दा आफ्नो भविष्य सुरक्षित हुने ठानिरहेका छन । सभापति देउवाले त्यस्को लाभ उठाउन सक्ने भन्दै संस्थापन इतर पक्षले आशंका गरेको बताइएको छ । इतर पक्षले अन्य दलवाट आएका नेता तथा कार्यकर्ताहरुलाई समायोजनको नाममा क्रियाशील सदस्यता दिएको आरोप पौडेल पक्षले लगाएको छ ।