प्राध्यापक बन्ने ईच्छा, निजामति सेवामा प्रवेश

मुलुकमा बहुदलीय व्यवस्था स्थापनासँगै निजामति सेवामा प्रवेश गरेका हुन यमलाल भुषाल । उनको जन्म गुल्मी जिल्लाको मदानेमा भएको थियो । ०४९ सालमा उनको बढुवा भएर निजामति किताब खानामा पोष्टिङ भए । अर्थशास्त्रमा उनले स्नाकोत्तर गरेका छन । ०५४ सालमा रत्नराज्य क्यापसमा केही समय प्राध्यापनसमेत गरेका भुषालको रुची पनि यसै क्षेत्रमा रहेको थियो । हुन त प्रध्यापन आफैंमा पबित्र पेशा पनि हो । तर, समय क्रममा प्रध्यापन–अध्यापन भन्दा पनि असल राष्ट्रसवेक बन्ने इच्छा जागेर उनी निजामति सेवातिर मोडिए । बिभिन्न समयमा पदोन्नती हुँदै मुलुकको समग्र अर्थतन्त्रको ठुलो हिस्साका साथ योगदान दिदैं आएको अर्थ मन्त्रालय अन्र्तगतको भन्सार बिभागको कमाण्ड संहाल्न पुगेका छन भुषाल । महानिर्देशक जस्तो शक्तिशाली पदमा पुगेसँगै उनको जिम्मेवारी पनि त्यतिकै बढेको छ ।
शिक्षा क्षेत्रमा समर्पणसँगै अर्थ मन्त्रालयको राजश्व समुहमा नाम निकालेका उनी हेटौंडास्थित तत्कालीन कर कार्यालयको प्रमुख समेत भए । हेटौंडाबाट काठमाडौंमा सरुवा भएपछि उनलाई तत्कालीन अर्थ सचिव कृष्णहरी बास्कोटाको पर्सनल अस्सिटेनट रहेर काम गर्ने मौका मिल्यो । ०६५ सालमा बढुवा भयो र उनी उप–सचिव बने । उप–सचिव भएपछि अध्ययनको लागि सरकारी कोटामा बिदेश जाने उपयुक्त अवसर उनलाई मिल्यो । त्यसपछि उनी बिश्व बैंकको छात्राबृत्तिमा जापान पढन गए ।
ग्रिप्स बिश्वबिद्यालयबाट उनले मास्टर्स डिग्री हासिल गरे । त्यहाँ रहँदा उनी नेपाली बिद्यार्थीहरुको संस्था एल्मुनाई एशोसिएसन संस्थाको अध्यक्षसमेत बन्ने अवसर पाए । पढाई सकेर नेपाल फर्किएपछि तत्कालिन शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्र्तगत उनलाई माओवादी शिविर व्यवस्थापन जस्तो चुनौतिपूर्ण काममा खटाइयो । सिन्धुलीको दोश्रो डिभिजनमा उनको जिम्मेवारी तोकियो । त्यहाँ उनले ९ महिना बिताए । जहाँ उनले बिभिन्न किसिमका अनुभवहरु बटुल्न पाएको पंङ्तिकारसँग सुनाए । शान्ति मन्त्रालयपछि भुषालको सरुवा राष्ट्रिय योजना आयोगमा भयो । पाँच वर्ष उनले आयोगमा रहेर काम गर्दा मुलुकको समग्र अर्थतन्त्रका बिभिन्न आयामहरुमा चिहाउन सके । जसले उनलाई अर्थ मन्त्रालय र योजना आयोग बिचको समन्वयको नयाँ बाटोमा डोहो¥याउन सक्ने तौर तरिका बुझन मद्दत ग¥यो ।
०७३ सालमा उनी सह–सचिबमा बढुवा भए । बढुवा पश्चात उद्योग मन्त्रालय, पुनर्निर्माण प्राधिकरण, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय हुँदै ०७७ साल फागुनदेखि सोही मन्त्रालय अन्तर्गत भन्सार बिभागमा महानिर्देशकको भूमिका सफल रुपमा निर्वाह गरिरहेका छन् ।


उनलाई सफल बनाउन उनको टिम र खासगरी बिभागकै अनुभवी उपमहानिर्देशक श्यामप्रसाद भण्डारी जस्ता खारिएका राष्ट्रसेवकहरुले उतिक्कै साथ दिएका छन् । अहिले कोभिड महामारीका नेपाल मात्र होइन पुरै बिश्व डर लाग्दो र कहाली लाग्दो स्थितिमा छ । लकडाउनले मुलुक ठप्प रहेको अवस्थामा पनि बिभागले मातहत कार्यालय, तिनमा कार्यरत कर्मचारीलाई स्वास्थ्य मापदण्ड पालना गरी निरन्तर रुपमा खटाएको कारण आपूर्ति प्रणालीमा कुनै समस्या भएन । सोही कारण संघीय राजधानी काठमाडौंलगायत उपत्यका बाहिरका ठुला शहरमा बसोवास गर्ने आम नागरिकले अत्यावश्यक सामाग्रीको कति पनि अभाव महसुस गर्नु परेन ।
मुलुकको अर्थतन्त्र चौपट हुन नदिन उनकै नेतृत्वमा रहेको बिभाग समग्र अर्थतन्त्रलाई चलायमान बनाउने काममा सरकारलाई काँध थाप्न सफल भएको छ । यस्तो प्रतिकुल अवस्थामा पनि हरेक भन्सार नाकाहरुमा हरदम तैनाथी रहेर अत्यावश्यक बस्तुको माग र आपुर्तिमा सन्तुलन कायम राख्न उनको नेतृत्व सफल भएकोमा प्रशंसा पनि भएको छ । गत वर्ष र अहिले पनि अत्यावश्यक सामानको मुलुकमा अभाव र हाहाकार भएको आम नेपाली जनताले सुन्नु परेको छैन । अर्कोतर्फ, नेपाल सरकारले घोषणा गरेका बजेटमा एक चौथाई अर्थात ४ सय ४० अर्व भन्दा बढी रकमको राजश्व संकलन गरेर योगदान गर्न बिभाग सफल भएको छ । चुनौतीपूर्ण अवस्थामा पनि अग्रपङ्तीमा खटेर मुलुकको समग्र आर्थिक अवस्था डगमगाउन नदिने कामका सारथि बनेको बिभाग र उनको टिमलाई फिल्मको हिरो जस्तो भन्दा फरक नपर्ला ।
यसैबीच, सेवामा कार्यरत रहेर बिभिन्न ठाउँमा काम गर्दा उनले त्यही किसिमको अनुभव पनि बटुल्न पाएका छन् । सानो तर मनन्योग्य कुरा ‘कर्मचारीहरु बिभिन्न किसिमले शिक्षित, प्रशिक्षित र अनुभवी हुन्छन अनि बिभिन्न स्थान, निकाय, बिभाग तथा मन्त्रालयमा आफना सिप, अनुभव आवश्यक रुपमा सदुपयोग गर्न नपाउँदै भिन्न तथा बिभिन्न ठाउँमा घचेटिन बाध्य छन ।’
यो परिपाटीले उनको चित्त दुखाएको छ । जुन कुरा हाम्रो नजिकको छिमेकी मुलुक भारतमा पनि छैन । त्यहाँ बिषयगत रुपमा बिशेषज्ञ बनाउने, सोही क्षेत्रमा खटाउने र खारिएको जनशक्ति निर्माणको अभ्यास हुँदै आएको छ । लोक सेवा आयोगमा समयमा पदाधिकारीको पदास्थपना नभएको कारण भन्सार प्रशासनमा आवश्यक जनशक्तिको अभाव भएको छ । जसका कारण काममा बाधा पर्न गएको छ । कर्मचारीलाई आवश्यक ट्रेनिङ दिन नसक्दा बृत्ति बिकास रोकिएको छ भने काममा पनि समस्या छ । हाल कोभिड महामारीले गर्दा राजश्व प्रशासनका कर्मचारीले आवश्यक तालीमसमेत लिन पाइरहेका छैनन, महानिर्देशक भुषालले बिभागले भोग्दै आएको यथार्थ चित्र यसरी सुनाए ।
प्रस्तुती ः रामहरी चौंलागाईं