माधव नेपाल एमालेमा नफर्किने
काठमाडौ । नेकपा एमालेभित्रको विवादको अन्त्य गर्न माधव नेपाल समुहको माग अनुसार नै नेकपा एमालेलाई २०७५ साल जेष्ठ २ गते अघि कै अवस्थामा फर्काउने निणर्य भइसकेकोे छ । गएको फागुन २८ गते केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेको थियो । तर माधव नेपाल समुहले त्यस्को विरोध गर्दै नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएको २०७५ जेष्ठ ३ अघिकै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने माग गरेको थियो । शुक्रबार केन्द्रिय कमिटीको बैठक बसे सँगै अव महाधिवेशन आयोजक कमिटी स्वत खारेज भएको छ ।
एमालेले गएको वुधवार महाधिवेशन आयोजक कमिटीलाई पदाधिकारी सहितको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । उक्त कमिटीमा माओवादी केन्द्रवाट नेकपा एमालेमा प्रवेश गरेका रामवहादुर थापा, टोपवहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापालाई स्थायी कमिटीको सदस्य वनाइएको छ । यस्तै पार्टी अध्यक्ष केपी ओली पक्षधर नेताहरु रघुबीर महासेठ, विष्णु रिमाल र माधव नेपाल समुहका बेदुराम भुषाल र रघुजी पन्तलाई स्थायी कमिटीको सदस्यमा मनोनित गरिएको छ ।
माओवादी केन्द्रबाट आएका थापासहितका नेताहरुलाई २०७७ फागुन २८ गतेको निणर्यवाट केन्द्रीय कमिटीको सदस्य वनाइएको थियो । माधव समुहले त्यसवेला पनि पाटी अध्यक्ष ओलीले एकलौटी ढंगले निणर्य गरेको भन्दै विरोध गरेको थियो । एमालेलाई २०७५ जेष्ठ २ अघिकै अवस्थामा फर्काउन गरेको मागको सम्वोधन भइसकेको छ । तर पनि माधव समुहले त्यसलाई जालझेल र अल्मल्याउने निर्णय भन्दै विरोध गरेको छ । उनीहरु एक पक्षिय ढंगले गरेको निणर्य आफुहरुलाई मान्य नहुने भन्दै हिंडेका छन । नेकपा एकालेका दोस्रो तहका केही नेताहरु जसरी पनि पार्टीलाई फुटन नदिने भन्ने पक्षमा उभिएका छन । नेता नेपाल भने अव एमालेमा वस्न नसकिने भन्दै हिंडेका छन । बोलीमा पार्टी एकता कै पक्षमा रहेको देखिने तर व्यवहार भने पार्टी एकताको पक्षमा नदेखिएको आरोप लाग्दै आएको छ ।