माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन
काठमाडौँ । तत्कालिन नेकपा पार्टी एमाले र माओवादी केन्द्रमा विभक्त भएपछि एमालेतर्फ लागेका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापासहितका नेताहरुले निवेदन दिएका हुन् ।
माओवादी केन्द्र छोडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका २३ नेता छन् । उनीहरु केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले प्रवेश गरेका थिए ।
माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजी माग गर्दै उनीहरुल आयोगमा निवेदन दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको भन्दै माओवादीले जननिर्वाचित सांसदहरु रामबहादुर थापा, टोपबहादुृर रायमाझी, प्रमु शाह, लेखराज भट्टहरुलाई सांसद पदबाट हटाएको थियो ।
उनीहरुले आफूहरुलाई हटाउनु अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा पुनर्वहालीका लागि रिट दिने तयारी पनि गरेका छन् । प्रतिनिधिसभा विघटन मुद्दा सवोच्च अदालतमा विचाराधिन रहेको र पुनस्र्थापना भए उनीहरुले आफ्नो सांसद पदबाट हटाउने माओवादीको निर्णयविरुद्ध मुद्दा हाल्ने बताइएको छ ।