निधि, सिंह र कोइराला एकै ठाउँमा उभिँदा देउवा र पौडेललाई सकस
काठमाडौं । नेपाली काँग्रसको १४ औं महाधिवेशनको मिति जति नजिकिदैं छ नेतृत्व हत्याउनको लागि उम्मेदवारी घोषणा गर्ने नेताहरुको संख्या पनि बढदो छ । हाल पार्टी महामन्त्री रहेका शंशाक कोइरालाले पार्टीको आगामी नेतृत्व दोश्रो पुस्ताका नेताले गर्ने बताएका छन । तर सभापतिमा कस्ले उम्मेदवारी दिने बताएका छैनन । पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आईसकेकाले अबको नेतृत्व आफू, बिमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने दाबी गरे । उनको यो दावीले सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल भने अफ्ट्यारोमा परेका छन ।
पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलले अव अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकामा रहनका लागि आग्रह गर्ने बताएका छन । दुवै नेताहरुले तेरो र मेरो भन्ने स्वभाव छोडनुपर्ने भन्दै उनले सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी गरेका छन ।
तीन नेताको भेटघाट पार्टी भित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभई एकताको लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रुपमा बुझ्न पनि कोइरालले सबैलाई आग्रह गरेका छन । हामी दोश्रो पुस्ताका तीनजना नेता एकठाउँमा उभियौं भने वेभ पनि आउँछ, पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै उपसभापति बिमलेन्द्र निधिले पहल गरिरहनु भएको खुलासा कोइरालाले गरेका छन । हामीले तीनैजना एकै ठाउँमा उभियौं भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ उनको दावी छ ।