‘बिदेश जान मन लागेन, सरकारी जागिर रोजें’
- प्रदीप थापा, उप–महानिर्देशक जलश्रोत तथा सिंचाई बिभाग
उपमहानिर्देशक थापाका घर र मावली दुवैतिरका हजुरबाहरु भारतीय सेनामा भर्ती थिए । दुवै जनाले पहिलो र दोस्रो बिश्व युद्धसमेत लडे । तनहुँको क्यु गाउँ उनीहरुको पुख्यौली थलो हो । हाल यो भिमात नगरपालिका भएको छ । हजुरबुबाहरु भारतीय सेनामा रहेकै कारणले गर्दा पिता टेकबहादुर थापाले भारतमै राम्रो शिक्षा र दिक्षा लिएका हुन् । छिमेकीमुलक भारतको देहरादुनबाट उचित शिक्षा हासिल गरेपछि उनी काठमाडौं फर्किए । ०११–०१२ सालतिरको कुरो हो ।
बुवाले भनेको सम्झदै उपमहानिर्देशक थापा भन्नुहुन्छ ‘एयरपोर्ट आइपुग्नासाथ हात समातेर सरकारी जागिर दिइयो ।’ त्यतिबेला नेपालमा पढलेख भएका युवाहरु खासै रहेनछन् । सोही कारण भारतमा पढेर नेपाल फर्कनेहरुलाई नोकरीको लागि अपयुक्त अवसर थियो, त्यो समय । टेकबहादुरलाई गृह मन्त्रालयमा जागिर खाने अवसर मिल्यो । टेकबहादुर प्रमुख जिल्ला अधिकारी, अंचलाधीश हुँदै पंचायती व्यवस्थामा गृह सचिवसमेत बन्न पुगे ।
उनै टेकबहादुर थापाका एक्ला छोरा हुन प्रदीप थापा । अहिले उनी जलश्रोत तथा सिचाई बिभागमा सह–सचिव एवम् उप–महानिर्देशक पदमा कार्यरत छन् । पिता टेकबहादुर कै कारण उनलाई सेन्ट जेबियर्स स्कुल जावलाखेलमा पढ्न अवसर मिल्यो । हाइस्कुलसम्मको पढाई उनले यहींबाट पूरा गरे । उच्च शिक्षा पढ्नको लागि भने उनी छिमेकीमुलक भारत गए । भारतबाट इन्जिनियर बनेर नेपाल फर्कनासाथ उनी ०४६ सालमा सरकारी जागिरमा प्रवेश गरेका हुन् । आफूसँग बढेका धेरै साथीहरु बिदेश गए पनि आफूलाई कहिले पनि त्यो मोह नभएको उनी बताउँछन् । आफ्नै मुलुकमा बसेर सेवा गर्नुपर्छ भनेर सरकारी जागिरतर्फ अगाडि बढेको थापाले बताएका छन् ।
नोकरी प्रवेश
भारतमा बीइ गरेर नेपाल फर्किएपछि थापा ०४६ सालमा सरकारी नोकरीमा प्रवेश गरेका हुन । उनको पहिलो पोष्टिङ मध्यामञ्चल क्षेत्रिय निर्देशनालय जिल्ला सिंचाई कार्यालयमा भयो । त्यसपछि उनी जिल्ला सिंचाई कार्यालय काठमाडौं प्रकोप नियन्त्रण तालीम केन्द्र पुल्चोकमा कार्यरत थिए । त्यही समयमा उनलाई मास्टर्स डिग्री पढ्नको लागि जापानमा जाने अवसर मिल्यो । सरकारी कोटामा २ वर्ष स्कलरसिपबाट तोतरी बिश्वबिद्यालयबाट मास्र्टस पूरा गरे । उताबाट फर्किएपछि उनको पोष्टिङ बिभागमा भयो । १ बर्ष पछि महोत्तरी जिल्लामा भूमिगत जलश्रोत बिकास परियोजना कार्यालयमा प्रमुखको जिम्मेवारी दिइयो । पहिलो पटक कार्यालय प्रमुखको जिम्मेवारी पाएपछि उनलाई थप जिम्मेवारी बढेको अनुभव भयो । यी कुरा अहिले पनि उनलाई संझनलायक घटना लागेको रहेछ ।
बैशाखमा उनको सरुवा भयो । आर्थिक मसान्त आउनै लागेकोले उनलाई काम गरेर देखाउने अवसर र समय निकै कम थियो । उनी भन्छ “म आत्तिनँ । धेरै काम पेन्डिङ्गमा रहेछन् । वार्षिक रुपमा सम्पन्न गर्नुपर्ने काम तीन महिनामा फत्ते गर्नुपर्ने थियो । यसका लागि मलाई पर्खने र सोच्ने समय कति पनि थिएन । त्यसकारण रातदिन नभनि काममा खटिएँ । काममा मलाई सफलता पनि मिल्यो । म आजका दिनसम्म ती कुरा संझन्छु । आफुले त्यो समयमा गरेको कामबाट औधी खुशी छु । म मात्र होइन कि मलाई जिम्मेवारी दिएर पठाउने हाकीमसा’बहरु पनि मेरो काम गराइबाट औधी खुशी हुनुभयो ।”
सिनियर डिभिजन इन्जिनिरमा बढुवा
त्यसपछि थापाको सरुवा पुनः बिभागमा नै भयो । १ वर्ष त्यहाँ बसेपछि ंिसंचाई डिभिजन कार्यालय काभ्रेमा सरुवा भयो । त्यो ०६३ साल तिरको कुरा हो । काभ्रेमा २ वर्ष बिताएपछि बढुवा भएर सिनियर डिभिजन इन्जिनियर अर्थात उप–सचिव भए, उनी । त्यसपछि बाँके जिल्लामा पर्ने सिक्टा सिंचाई आयोजनामा डेढ वर्ष सिनियर डिभिजन इन्जिनियर भएर काम गरें । यसपछि भने नारायणी नदी नियन्त्रण आयोजना प्रमुख भएर काम गर्ने अवसर उनलाई मिल्यो । तर काम भने निकै चुनौती पूर्ण थियो ।
यो उनको अर्को संझनलायक र संझिरहने पाटो बनेको उनी बताउँछन् । कार्यालय नयाँ स्थापना भएकोले श्रोत, साधन र जनशक्तिको पनि निकै अभाव थियो । तर पनि हिम्मत गरेर त्यहाँ उदाहरणीय काम गरेर देखाएको उनले बताए । उनी भन्छन् “नदी कटानका कारण त्यहाँका स्थानीय जनताले निकै धेरै पीडा भोग्नु परेको रहेछ । उनीहरुको पीडालाई उनीहरुकै माग बमोजिम संबोधन गरेर देखाउन सकेँ । त्यो समयमा मेरो नेतृत्वमा भएको कामबाट आजका दिनसम्म ती बस्तीहरु सुरक्षित हुन सकेका छन । १०–१५ वर्षपछि फर्किएर जाँदा पनि त्यहाँका स्थानीयहरुले ‘थापा सर’ भनेर मलाई चिन्न सके । अर्थात, मेरो कामबाट उनीहरु निकै प्रभावित र खुशी भएको महसुस मलाई भयो । त्यो समयमा गरेको कामबाट म आफैंलाई गर्वानुभुती भएको छ ।”
सह–सचिवमा बढुवा
चितवन पछि उनको सरुवा सिंचाई डिभिजन कार्यालय जुम्लामा भयो । अढाइ वर्ष जुम्लामा बिताएर फर्किएपछि सुपरिटेन्डेर इन्जिनियर अर्थात सह–सचिवमा बढुवा भयो । थापा भन्छन– ‘यो ०७१ सालतिरको कुरा हो । त्यसपश्चात मैले एडीवी प्रोजेक्ट अन्तर्गतको डव्लु आर पीपी एफमा उप–महानिर्देशक भएर काम गरे । त्यसयता आजका दिनसम्म जलश्रोत तथा सिंचाई बिभागमा जल उत्पन्न प्रकोप व्यवस्थापन महाशाखा प्रमुख एवम् महाशाखा प्रमुखको जिम्मेवारीमा रहेर काम गरिरहेको छु ।”
खेलकुदमा औधी रुची
स्कुल पढ्दादेखि नै फुटवल, क्रिकेट र भलिवलमा उनको रुची बढी नै थियो । अहिले पनि सवै प्रकारका खेलहरु उनलाई उतिक्कै मन पर्छ, साथै रुचीपूर्वक हेर्छन् । भारत पढन गएको समयमा पनि फुटवल खेल्नुका साथै क्याप्टेन नै बनेका थिए । व्याडमिन्टन खेलमा त उनलाई राष्ट्रिय खेलाडी भन्दा पनि फरक पर्दैैन । स्थानीय क्लबहरुमार्फत हुने राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा थापाले भाग लिने गरेका छन् । सशस्त्र प्रहरीसँग पनि उनले प्रतिस्पर्धा गरेका छन । कहिले फस्ट, सेकेन्ड हुने गरेको उनी बताउँछन । उनले पुरस्कारहरु पनि धेरै जितेका छन् । उनी हरेक दिन बिहान व्याडमिन्टन खेल्छन । खेल्न नपाएको दिन भने उनी दुखी हुन्छन रे । खेल उनको शोख बनिसकेको छ । जसले गर्दा आजका दिनसम्म पनि उनी जाँगरिला, फुर्तिला र उत्साही छन् । थापा जुन–जुन जिल्लाहरुमा सरुवा भएर गए ती जिल्लामा उनले व्याडमिन्टन खेले नै । जसले गर्दा सरकारी कार्यालयका प्रमुखहरुसँग त हुँदै हो स्थानीयहरुसँग पनि उनको बढी घुलमिल हुन पायो । सरल र कहिले ठालु नपल्टने उनको स्वभावका कारण पनि उनलाई संझने साथीभाइहरु अहिले त्यति नै धेरै छन ।
संगीत
खेलकुदपछि संगीत पनि रुचीको बिषय बनेको उनी बताउँछन् । बिहान व्याडमिन्टन, दिउँसो अफिस र साँझ र बेलुकी फुर्सद हुनासाथ उनी संगीतमा मन लगाउँछन र संगीतको आन्नद लिन्छन ।
बिदेश भ्रमण
थापा जापानमा त पढन नै गएका थिए । यसको आलवा फिलिपिन्स, युरोपको इटली, स्वीजरल्याण्ड र दक्षिण एशीयाली मुलुकहरुको भ्रमण गरेका छन् ।