सर्वोच्च अदालतमा गोरू ब्यायो : राप्रपा अध्यक्ष थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन् । उनले अदालतको फैसलालाई ‘गोरु ब्याएको’ रुपमा टिप्पणी गर्दै अब देश अस्थिरतातर्फ धकेलिएको टिप्पणी गरेका न् ।
आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सो फैसललाई प्रति टिप्पणी गर्दै थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’