गृह मन्त्रीमा खाँड, कानुनमा कार्की, अर्थमा जनादर्शन, ऊर्जामा भुसाल
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट दुई जना र माओवादी केन्द्रबाट दुई जनाले पहिलो चरणमा सरकारमा सहभागीता जनाउने भएका छन् ।
कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीले शपथ लिने भएका हुन् भने माओवादी केन्द्रबाट जनार्दशन शर्मा अर्थ र पम्फा भुसालले उर्जा मन्त्रीको शपथ लिन लागेका हुन् ।