प्रधानमन्त्री देउवाद्वरा खोप केन्द्र अनुगमन

सरकारको प्राथमिकता सबै जनतालाई खोप

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका कोरोना खोप केन्द्रको अनुगमन गरेका छन् । खोप अभियानका क्रममा तोकिएभन्दा अन्य उमेरका नागरिकलाई खोप दिइएको र भिडभाड धेरै भएको गुनासो आइरहेका बेला प्रधानमन्त्री देउवा आफैं अनुगमन गरेका हुन ।
सोमबार बिहान १० बजेपछि अनुगमनमा निस्किएको प्रधानमन्त्री देउवाको टोलीले उपत्यकाका केही सरकारी र निजी अस्पतालमा पुगेर खोप वितरणको अवस्थाबारे जानकारी लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालस्थित खोप केन्द्र अनुगमनका क्रममा प्रधानमन्त्री देउवाले सरकारको प्राथमिकता सबै जनतालाई कोरोना विरुद्धको खोप दिनु रहेको बताएका छन् ।
उनले त्यहाँ खोप सहज रूपमा लगाउने प्रबन्ध मिलाउन व्यवस्थापन पक्षलाई निर्देशन पनि दिएका छन् ।
प्रधानमन्त्री देउवाले त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायतका खोप केन्द्र निरीक्षण गरेको बताइएकोछ । ्यसअघि प्रधानमन्त्री देउवाले अमेरिकी सरकारले सहयोग गरेको कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन कम्पनीका खोप लगाउने अभियानको उद्घाटन गरेका थिए । उक्त खोप आजबाट काठमाडौं उपत्यकालगायत देशभर शुरु भएको छ ।