एमाले एकता रोक्ने प्रचण्डको प्रयास !

काठमाण्डौ । नेकपा एमालेको एकता बचाउने प्रयास जवजव तात्छ, तवतव माआंवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाललाई भेट्न पुगिहाल्छ । माधव नेपालसंगको प्रचण्डले गर्ने पटकपटकको भेटलाई एकतामा भाजो हाल्ने रहेको विश्लेषण माधप नेपाल पक्षका नेताहरुले गरेका छन् । केही हप्ता अघि एमालेका नेता योगेश भट्टराइले एक टेलिभिजनलाई दिएको अन्र्तवांतामा त्यस्तो संकेत गरेका थिए । उनले एकाले मिल्न नदिन देशीविदेशी लागेको टिप्पणी गर्दै प्रचण्ड र माधव नेपालबीचको पटकपटक भेटलाई त्यसको कडीको रुपमा टिप्पणी गरेका छन् ।
पार्टीका अध्यक्ष केपी शर्मा ओली एकताका लागि लचिलो भएको र दोस्रो र तोस्रो तहका नेताहरुले एकताका लागि पहत गरिरहेका बेला नेकपा माआंवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान कोटेश्वरस्थित माधप नेपालनिवास पुगेका थिए ।
पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका सस्थापक नरबहादुर कर्माचर्यको आठौ स्मृति दिवस कार्यक्रममा सत्तारुढ गठबधन फुटाउने षडयन्त्र भइरहेका अभिव्यक्ति दिएका दाहालले लगत्तै माधप नेपाललाई भेट्को अर्थ एकतामा भाजो हाल्नउधेश्यले नै भएको हो भन्ने जोसुकैले बुझ्न सक्छ ।
अध्यक्ष केपी शर्मा ओलीसंगको संवादपछि उपाध्यष भीम रावलसहितका नेताहरु नेता नेपाललाई मनाउन जुटेका छन् । ओलीले पनि नेता नेपालसंग संवाद अघि बढाउन खोजिरहेका छन् । जेठ २ मा गठन भएर असार २७ मा १० बुँदे सहमति जुटाएपछि हालै खारेजीमा परेको कार्यदलकै सदस्यहरु एमाले मिलाउन जुटेका छन् । नेताहरु एमाले मिलाउन जुटिरहेको अवस्थामा प्रचण्डले नेता नेपाल र प्रधानमन्त्री देउवासंग संवाद गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसबिचमा एमालेधका दोस्रो तहका नेताहरुले पार्टी एकतालाई अन्तिम चरणमा पु¥याएको बताएका छन् । अध्यक्ष ओली र वरिष्त नेता नेपालबिच तीव्र घोचपेच जारी रहे पनि नेताहरुले एकतालाई टुगंोमा पु¥याएको बताएका छन् । दोस्रो तहका नेताहरु ओली केही पछी हट्नु पर्ने र माधव नेपाल वर आउनपर्ने पक्षमा देखिएका छन् । नत्र उनीहरुलाई छाडेर एकता गर्ने पक्षमा दोस्रोतहका नेताहरु देखिएका छन् ।
एमाले एकता रोक्ने प्रयास दाहालले गर्नुमा उनको स्वार्थ रहेको देखिन्छ । एमाले एकता भए नेतृत्व माधव नेपालले गर्नुपर्ने र चुनावमा गठवन्धन गर्दै पार्टी एकतामा पुग्न सक्ने उनको विश्लेषण छ । माधव नेपालले एमालेको नेतृत्व नपाए छुट्टै पार्टी बनाउन पर्ने दाहालको चाहना देखिन्छ ।
उनले अहिलेलाई केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याएर पार्टी फुटाएर सरकारमा सहभागि हुने र पछी अन्य साना वान पार्टी र माआंवदी केन्द्रसमेतलाई मिलाएर नयाँ पार्टी बनाउन सकिने योजना नेतक नेपाललाई सुनाएका छन् । प्रचण्ड जसरी पनी एमालेलाई पहिलो कम्युनिष्ट पार्टी बन्न नदिन पक्षमा छन् । विगतको पार्टी एकताको उधेश्य नै नेपालको सबै भन्दा ठूलो कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने उनको चाहना पूरा गर्नका लागि थियो ।हालको व्यवस्था पार्टी फुटाउन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत आवश्यक पर्छ । २०७२ मा एमाले फर्किदा नेपाल पक्षमा ४० प्रतिशत केन्द्रयी सदस्य रहन्छन् । त्यसैले अध्यादेशमार्फत केन्द्रीय कमिटीको ४० प्रतिशतले पार्टी फुटाउन सक्ने कानून बनाउने प्रस्ताव देउवा र दाहालले नेता नेपाललाई दिएका छन् । केही समय अघि यस्तै कानून प्रधानमन्त्री ओलीले ल्याउँदा चर्को विरोध भएपछी फिर्ता गरिएको थियो ।