गजल

भवानी न्यौपाने ‘भावना’,

रात रोयो जून रोयो बिहानी नै गलेको छ
हिड्दाहिड्दै एक यात्रा, भित्र मुटु बलेको छ ।।

सत्यमार्गी कहाँ भेट्नु देखावटी कलि हो यो
असत्यको वायु चल्दा हृदय नै जलेको छ ।।

गहतेको त्यो रातोमाटो पिपल चौतारीमा
शीतल दिने पिपलु नै आज आँफै ढलेको छ ।।

रङ्गी चङ्गी दुनियाँमा साधा मान्छे भेट्न गाह्रो
शान्त बग्ने दिव्य वायु विपरीत चलेको छ ।।

समय नै विशाक्त भै ढल्दैछ नि सोझो वर
सत्य धर्म लत्याएर असत्यनै फलेको छ ।।

वर्तमान रुन्छ अब इतिहास बनेपछि
अस्थायी हुन् सबै यहाँ भन्ने कुरा खुलेको छ ।।
तुलसीपुर पाँच ‘ग’ लाइन दाङ