संगत
– रुन्चु बोहोरा
हात चाट्दै मह खाने भए माहुरीको संगत गर
फुलबारीमा डुल्न जाने भए माहुरीको संगत गर
झिंगाको संगत गर्याे भने फोहोर तिर गइन्छ
जीवन सुन्दर ठाँउमा लाने भए माहुरीको संगत गर
०००००००
आफ्नै ज्यान जोखिमा पारि पार गरियो
राम्रो संग सम्झाइ बुझाइ उपचार गरियो
कस्ले भन्यो प्रेम रोगको उपचार छैन भनेर
भर्खरै एक पागल प्रेमिका उद्दार गरियो
०००००००
नयाँ जीवन पाउला भनि प्ररदेश आएकी हुँ
घरको छानो छाउला भनि प्ररदेश आएकी हुँ
बिहान बेलुकी गुजारा त गाउँ घरमै चलिराथ्यो
धन पैसा कमाउला भनि प्ररदेश आएकी हुँ
०००००
चाहे छोरा होस चाहे बाउ हासी हुनुपर्छ
संबिधानमा नभएनि अब एक्कासी हुनुपर्छ
बलात्कारीलाइ जेल सजाय होइन सरकार
सिधै झुन्डाएर गोली ठोकी फासी हुनुपर्छ
००००
गर्नुहुँदैन कति पनि ढिलाइ जाग्नु पर्छ अब
सबैले हातमा हात मिलाइ जाग्नुपर्छ अब
बीर गोर्खाली कहिले पनि झुक्दैन भनेर
सबक सिकाउन छिमेकिलाइ जाग्नुपर्छ अब
००००
राष्ट्रको सारा सम्पति लुटेर खायो नेताहरूले
छोराछोरि जापान अमेरिका पठायो नेताहरूले
हामी जनताहरूको लागि कसैले पनि केहि गरेनन
आफ्ना लागि गाडि किन्यो घर बनायो नेताहरूले
००००
बिरामी हुँदा धामी–झाँकी कहाँ लान्छन दुःख लाग्छ
आखै अगाडि अकालै ज्यान जान्छन दुःख लाग्छ
उहि पुरानो सोच अझै परिवर्तन भएन हाम्रो समाज
ढुँगा ढोगेर पिडा पोख्छन भगवान मान्छन दुःख लाग्छ
- दुर्गाथली गाउँपालिका वडा नम्बर ५ भलाने बझाङ