एकता प्रयास बिथोल्ने अभिव्यक्ति नदिन ओली र नेपाललाई एमाले नेताहरुको आग्रह आग्रह
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्यहरुले एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेका छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओली र नेता नेपाललाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन र भेटवार्ता गर्न आग्रह पनि गरेका छन् ।
बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको बताइएको छ ।
एमालेका देशभरिका कार्यकर्ता, मतदाता र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनताले एमालेको एकता चाहेको बताउँदै नेताहरुले एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।
पछिल्ला दिनमा पार्टी एकताप्रति ओली नरम देखिएका छन् भने नेता नेपाल कडा देखिएका छन् । उनले पार्टीका समानान्तर गतिविधि गर्दै आएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आफ्नो उद्देश्य पूरा भएकाले अब गठवन्धनाम सामेल नहुने बताएका नेता नेपाल फेरि गठवन्धनको वैठकमा सहभागी हुन थालेका छन् । यसले गर्दा उनी पार्टीको एकता चाहदैनन् भन्ने नेता, कार्यकर्ताको अनुमान छ ।