‘एउटै हैसियतका सांसदलाई हेप्ने अधिकार कसले दियो माधव नेपाललाई ?’

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले सांसद नारदमुनि रानामाथि दुरव्यवहारको विरोध गरेकी छन् ।
साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भन्दै हप्काएका थिए ।
आज प्रतिनिधिसभाको बैठकमा सांसद सत्गौवाले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताउँदै भनिन् ‘१० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ ।’
समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उनको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको बताउँदै सांसद सत्गौवाले भनिन् – ‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र रु फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ रु एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने रु त्यहाँ सबैको एउटै हैसियत हैन र ?’
सांसद सत्गौवाले आगामी दिनमा यस्तो घटना दोहोर्‍याए थारु समुदायलाई स्वीकार्य नहुने चेतावनी पनि दिएकी छिन् ।