३४ बुँदे माग सहित गुल्मीका चार हजार शिक्षकहरु आन्दोलित

गुल्मीका चार हजार शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्य समितिको निर्णयअनुसार ३४ बुँदे माग सहित आन्दोलित भएका हुन्। आफुहरुको माग कार्यान्वयनको लागि दबाब दिनका लागि यस जिल्लामा पनि शिक्षा समन्वय इकाई र १२ वटै पालिकाहरुमा विहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म रिले अनसन गरिएको नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हिरासिङ सराङकोटीले जानकारी दिनुभयो।

सराङकोटीका अनुसार ३४ बुँदे माग अन्र्तगत संघीय शिक्षा ऐन तुरुन्त जारी गरिनुपर्ने, शिक्षक सेवा आयोगमा तत्कालै पदाधिकारी नियुक्त गरिनुपर्ने सबै शिक्षकहरुलाई निजामति कर्मचारीसरह सेवा सुविधा प्रदान गर्नुपर्ने माग गरिएको छ । यस्तै आर्थिक वर्ष २०७८÷७९ को बजेटमा व्यवस्था गरिएको १० दिने पर्यटन काज सुविधा शिक्षकहरुलाई पनि व्यवस्था गरिनुपर्ने, निजामति कर्मचारीलाई जस्तै शिक्षकलाई पनि शिक्षक हस्पीटलको व्यवस्था गरिनुपर्ने लगायतका ३४ बुँदे मागहरुको कार्यान्वयनका लागि दबाब दिन आन्दोलित हुनु परेको अध्यक्ष सराङकोटीले जानकारी दिनुभयो।

चौथो चरणको आन्दोलनको कार्यक्रम अनुसार शिक्ष समन्वय इकाईसंगे जिल्लाका १२ वटै पालिकामा पनि रिले अनसन गरिएको सराङकोटीले जानकारी दिनुभयो। रेसुङ्गा नगरपालिकामा बालसिङ खत्री, गुल्मीदरबार गाउँपालिकामा श्रीराम खड्का, छत्रकोट गाउँपालिकामा पदमपाणी न्यौपाने, रुरु क्षेत्र गाउँपालिका रमेशप्रसाद ज्ञवाली, सत्यवती गाउँपालिकामा बल बहादुर खत्रीको नेतृत्वमा रिले अनसन गरिएको हो।

चन्द्रकोट गाउँपालिकामा राजुप्रसाद गौतम, इस्मा गाउँपालिकामा दिल्लीराज पन्थी, कालीगण्डकी गाउँपालिकामा सुवासचन्द्र गौतम, मुसिकोट नगरपालिकामा सरोजराज बौद्धचार्य, धुर्कोट गाउँपालिकामा ऋषिराम पाण्डे, मदाने गाउँपालिकामा ढाल बहादुर राउत र मालिका गाउँपालिकामा बालुराम अर्यालको नेतृत्वमा रिले अनसन गरिएको अध्यक्ष सराङकोटीले जानकारी दिनुभयो। यसअघिका चरणमा महासंघले कोरोना भाइरस संक्रमणका कारण दिवंगत हुनुभएका शिक्षकहरुहरु सबै पालिकाहरुमा प्रति दीपप्रज्वलन गरिएको उहाँले जानकारी दिनुभयो। ३४ बुँदे मागको सन्र्दभमा जिल्ला तथा पालिकास्तरका राजनैतिक दलका शीर्ष नेताहरु बीच अन्र्तक्रिया गरिएको, धर्ना लगायतका आन्दोलनका कार्यक्रमहरु गरिएको सराङकोटीले जानकारी दिनुभयो।