गजल
घर छेउमै खोला छ यो मनभरि डर छ
अरु उपाय छैन कुनै दैवको नै भर छ
न कमाउने अवसर न बसाइँ सार्न सकेँ
गरिब हुनुको पीडा छ मनमा असर छ
धनविनाको मनले केही हुँदैन थाहा पाएँ
न स्वदेशमा रोजगार न विदेशको सफर छ
बगाउँछु पसिना मिसाउँछ नदीले आफैँमा
न दिनमा चैन न मिठो सपनाको प्रहर छ
भगवानले नदेखेको कुनै ठाउँ हुँदैन अरे
तर मतिर न तिनको कृपा छ न नजर छ
– काभे– पाँचखाल