गुल्मीमा कोरोना संक्रमितको संख्या फेरी बढ्दै
गुल्मीमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ८४ जनाको कोरोना परीक्षण गरिएकोमा २२ जना पूरुष र १३ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
यससंगै संक्रिय संक्रमितको संख्या ४४२ पुगेको छ। संक्रिय संक्रमितमध्ये ४३७ जना सामान्य उपचार सहित होम आइसोलेसन र ५ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
हालसम्म १३ हजार ४ सय ७४ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ७ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पूरुष २५ सय ६९ जना र महिला २१ सय ८६ जना रहेका छन्। जसमा ४२ सय २१ जनाले कोरोना जितेरका निको भएका छन्।
दोश्रो लहरमा कोरोना संक्रमणका कारण ४० जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर गरि कुल ९२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।