गुल्मीमा साउन ३० गतेसम्म पूर्ण लकडाउन
गुल्मी । गुल्मीमा आज (साउन २४ गते) देखि ३० गतेसम्म पूर्ण लकडाउन गरिने भएको छ । डिसिएमसिको निर्णय अनुसार कोभिड–१९ को संक्रमणदर बढ्न गई यस जिल्ला पनि उच्च जोखिममा परेको छ ।
सो अवधिमा औषधी एवम् स्वास्थ सामग्रीका पसलहरु २४ सै घण्टा संचालन गर्ने, अत्यावश्यक स्वास्थ्य, संचार, विद्युत, खानेपानी, सुरक्षाका सेवाहरु संचालन गर्ने, अत्यावश्यक दैनिक उपभोगका दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यांस, पेट्रोलियम पदार्थ, कृषि सामग्रीका पसलहरु दिनमा १ पटकमात्र विहान ६ बजेदेखि बिहान ९ वजेसम्म खुला गर्न पाइने छ ।
खाद्यान्न पसलहरु निषेधाज्ञा अवधिमा साउन २५, २७ र २९ गते विहान ६ बजे देखि विहान ९ वजेसम्म संचालन गर्न पाइनेछ । त्रिभुवन विश्वविद्यालय, उच्चमाध्यामिक शिक्षा परिषद्, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्वाट संचालन हुने पूर्व निर्धारित परिक्षाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संचालन गर्ने र परिक्षा तयारी तथा संचालनको लागि सहजीकरण गर्ने बताइएको छ ।
सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार, सभा, जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा समुहमा खेलिने कुनै पनि प्रकारको खेलकुदहरु र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रमहरु संचालन गर्न पाइने छैन् ।
विद्यालय, शिक्षालय, ट्युसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन नगराउने, होटल, रेष्टुरेष्टुरेन्ट, पार्टी प्यालेस, नांचघर, सिनेमाहल, क्लव, फुटसल, जिमखाना, व्युटी पार्लर, शैलुन लगायतका स्थलहरु नखोल्ने तथा संचालन नगर्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्वव पन्थीले जानकारी दिनुभयो ।
मठ, मन्दिरहरु तथा विभिन्न धार्मिक स्थलहरुमा परम्परागत रुपमा गरिने नित्य, पुजा वाहेक अन्य सम्पूर्ण सामाजिक, धार्मिक सांस्कृतिक गतिविधिहरु संचालन नगर्ने, अत्यावश्यक वाहेका सवै पसल व्यवसाय वन्द रहने, विवाह, व्रतवन्ध, मृत्यु संस्कार तथा अन्य संस्कारजन्य कार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी १० जना नबढ्ने गरी घरमा सम्पन्न गर्ने पन्थीले जानकारी दिनुभयो ।
औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, सुरक्षाका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, क्वारेनटिन तथा आइसोलेसनमा बिरामीको उपचारमा खटिएका सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
अत्यावश्यक सेवाका सवारी साधन, प्रेस पास तथा परिचयपत्र वाहक संचारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु, पशुपंक्षीका दाना, अण्डा, चल्ला, दुध, फलफूल, तरकारी, माछामासु बोकेका सवारी साधन मात्र र खाद्यान्न ढुवानीका सवारी साधन जिल्ला भित्र र वाहिर निषेधाज्ञा अवधि भर श्रावण २५,२७ र २९ गते मात्र संचालन गर्न पाइने पन्थीले जानकारी दिनुभयो ।
सवै प्रकारका निजी तथा सार्वजनिक सवारी साधन संचालन नगर्ने, अन्य जिल्लावाट यस जिल्ला भइ निषेधाज्ञा लागु नभएका जिल्लामा जाने सवारी साधन यस जिल्लामा यात्रु चढाउन र ओराल्न नपाउने गरी सहजीकरण गरिने, अत्यावश्यक वाहेका सवै सरकारी तथा गैरसरकारी कार्यालयवाट प्रवाह हुने सेवाहरु वन्द हुने, वैंक तथा वित्तिय संस्था, सहकारीवाट प्रवाह हुने सेवाहरु वन्द हुने, अत्यावश्यक भएमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सेवा प्रदान गर्ने, अत्यावश्यक कार्य मृत्यु संस्कार, विरामी, कुरुवाको लागि वाहेक सवारी पास जारी नगरिनेछ ।
अत्यावश्यक कामको लागि वाहेक कोही पनि घर वाहिर ननिस्कने अत्यावश्यक कामको लागि घर वाहिर निस्कदा सवैले अनिवार्य मास्कको प्रयोग गर्ने तथा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गर्ने, औषधी, स्वास्थ्य सामाग्री, अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिमा अवरोध सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने उपर प्रचलित कानून वमोजिम कार्वाही हुनेछ ।