मृगौला पीडितको माग संवोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । मृगौला पीडित सरोकार समाज, नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाएको छ । हिजो शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा ९६ वर्षिय मृगौला पीडित गंगा सरस्वती पौडेलको हातबाट ज्ञापन पत्र बुझदै पीडितहरुको माग संवोधन गर्न आफु तयार रहेको आश्वासन प्रधानमन्त्री देउवाले दिएको समाजका अध्यक्ष बलराम सुवेदीले जानकारी दिएका छन ।
०७४ सालमा देउवा प्रधानमन्त्री भएकै बखत ९ प्रकारका दीर्घ रोगीहरुलाई जीवीकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलव्ध गराउने निर्णय भएको थियो । तर पुर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले सो निर्णय उल्टाई दियो । ओली सरकारको उक्त निर्णयबाट दुखित भएको समाजले बाराम्वार निर्णय सच्याउन सरकारसमक्ष आवाज उठायो । तर ओली सरकारले माग संवोधनको त कुरै छाडौं पीडितहरुसँग भेटघाट गर्न पनि अस्विकार गरेको सुवेदीले गुनासो पोखे ।
१९ पटकसम्म बालुवाटार धायांै । १ पटक पनि तत्कालीन प्रधानमन्त्री ओलीले हामीलाई भेटघाटका लागि समय दिनु भएन । उहाँ आफैं पनि मृर्गाैला पीडित हुनुहुन्थ्यो । तर पनि पीडितहरुको पीर, मर्का बुझने र सुन्ने कोशिषसम्म पनि गर्नु भएन अध्यक्ष सुवेदीले गुनासो सुनाए ।
देउवा प्रधानमन्त्री भएको १ महिना भित्र आफुहरुले २–२ पटक भेटघाट गर्न पाएको र पीडितहरुको माग संवोधन गर्ने आश्वासन दिएकोमा आफु र पीडितहरु औधी खुशी भएको भन्दै प्रधानमन्त्री देउवाको कार्यकाल सफल रहोस भन्दै बधाईसमेत दिएका छन ।
आफनै निवास बालुवाटारमा ज्ञापन पत्र बुझदै प्रधानमन्त्री देउवाले दीर्घ रोगीहरुको पीडामा आफु र आफु नेतृत्वको बर्तमान सरकार मल्हम लगाउन तयार छ भन्दै मन्त्रिपरिषद बिस्तार भएको १ महिना भित्र पीडितहरुले उठाएको जायज सवै माग संबोधन गर्ने आश्वासन दिएको अध्यक्ष सुवेदीले बताएका छन ।
यसैबिच समाजले हिजो शनिवार प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापन पत्रको अंश जस्ताको तस्तै ।
यस्तो छ ज्ञापनपत्र –
सम्मानीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यु ।
प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौं ।
बिषय ः जिबिकोपार्जन भत्ता, बृद्ध भत्ता र स्वास्थ्य बिमा सम्वन्धमा ।
हाम्रो निवेदन यो छ कि नेपालको संबिधानअनुसार देशको सुख, शान्ती र समृद्धिका लागि पाँचौ पटक मुलुकको प्रधानमन्त्री बन्न सफल हुनु भएकोमा तपाईं श्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गदर्छौ ।
साथै,
१. २०७४ सालमा तपाईं चौथो पटक प्रधानमन्त्री भएको समयमा दिइएको मृगौला पीडित तथा सम्पुर्ण दीर्घ रोगीहरुलाई उपलव्ध गराएको जिविकोपार्जन मासिक भत्ता रु ५००० । अक्षेरुपी पाँच हजार उपलव्ध गराउनु भएको र केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त भत्ता रकम कटौती गरेको हुँदा हामी थप पीडित बन्न पुगेका छौं । त्यसकारण तपाईंं नेतृत्वकै सरकारले पुन सो भत्ता लागु गरियोस ।
२. ७० वर्षे बृद्धा भत्ता ६५ वर्षमा लागु गरियोस ।
३. १ लाखको स्वास्थ्य वीमालाई बढाएर रु २ लाख गराइयोस ।
४. स्वास्थ्य र शिक्षा निशुल्क गरियोस ।