यसरी भयो कुलमानको प्राधिकरणमा दोस्रो पटक इन्ट्री

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङले दोश्रो पटक प्रवेश पाएका छन । पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशक हुँदा मुलुकका जनतालाई अध्यारोबाट उज्यालो तर्फ अगाडि बढाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै उनले निकै प्रशंसा बटुलेका थिए । चार वर्षे कार्यकाल सफल रुपमा बिताएका कुलमानको दोश्रो कार्यकाल कस्तो रहला जनमासमा यो प्रश्नले घर गरेको छ । साथै, उनले प्राधिकरणमा कसरी प्रवेश पाए त्यसको रोचक प्रसंग छ ।
घिसिङलाई सरकारले गएको बुधवार कार्यकारी निर्देशकमा नियुक्ति गरेको थियो । बर्तमान देउवा सरकार गठन भएपश्चात नै उनको प्राधिकरणमा इन्ट्री हुने हल्ला चलेको थियो । तर नेपाली काँग्रस पार्टी र खासगरी
प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई ल्याउन रुची देखाएका थिएनन । तर प्रधामन्त्री देउवाको चाहानाबिपरित उनी कसरी प्राधिकरणको नेतृत्व संहाल्न पुगे त्यसको पनि रोचक कथा बन्न पुगेको छ ।
उर्जा तथा सिंचाई मन्त्री पम्फा भुषालले घिसिङलाई प्राधिकरण नियुक्तिको लागि गत बुधवार मन्त्रिपरिषदमा सिधै प्रस्ताव लगेकी थिइन । तर प्रधानमन्त्री देउवाले सो प्रस्ताव ठाडै अस्विकार गरे । बैठक सकिए लगत्तै बिभागिय मन्त्रीको हैसियतले आफनो प्रस्ताव अस्वीकृत गरेको भन्दै भुषालले पार्टी अध्यक्ष एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर जानकारी गराएकी थिइन ।
लगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई धम्काए । कुलमानको नियुक्ति प्राधिकरणमा नहुने हो भने आफनो पार्टी आजै सरकारबाट बाहिरिने र सरकारलाई असहयोग गर्ने ठाडो चुनौती दिएको बताइन्छ । त्यस लगत्तै प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागीलाई माइन्युट लिएर आफुकहाँ आउन निर्देशन दिएको बालुवाटारश्रोत बताउँछ ।
लगत्तै दिउँसो भएको मन्त्रिपरिषद बैठकको माइन्युट बोकेर मुख्यमन्त्री बैरागी प्रधानमन्त्री निवास बालुवाटार पुगेको र दाहालकै रोहवरमा प्रधानमन्त्री देउवाले प्राधिकरणमा कुलमानको नियुक्ति थप्न निर्देशन दिएको स्रोत बताउँछ ।