गुल्मीमा जनजीवन सहज बनाउन खुकुलो पारियो लकडाउन

गुल्मीमा भदौ १ गते देखि निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालन भएका छन्। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको डिसिएमसिको बैठकले बेलुका आठ बजेसम्म गन्तव्यमा पुगि सक्ने गरी संचालन गर्न पाउने निर्णय गरेको हो ।
तर यातयात सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य रुपमा माक्स लगाउने, चालक र सहचालकले अनिवार्य माक्स लगाउने र प्रयोग भइसकेपछि अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमण गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्वव पन्थीले जानकारी दिनुभयो ।
कार्यालयबाट मात्र सेवा दिने गरी बैंक, वित्तिय तथा सहकारी संस्थाहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संचालन गर्ने निर्णय भएको पन्थीले जानकारी दिनुभयो। योसंगै होटल तथा रेष्टुरेण्टहरुले टेक अवे सेवालाई प्राथमिकता दिने गरि सेवा प्रवाह गर्ने निर्णय भएको छ । यद्यपि विद्यालय, शिक्षालय, ट्युसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन–पाठन नगराउने निर्णय भएको पन्थीले जानकारी दिनुभयो ।
सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभाजुलुस गर्न, जात्रा महोत्सव गर्न तथा समूहमा खेलिने कुनै पनि प्रकारको खेलकुदहरु, मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रमहरु संचालन नगर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी शर्माद्वारा जारी गरिएको यो आदेशको उल्लंघन गरेमा कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश,२०७८ तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने हुनेछ ।
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । जनजीवनलाई सहज बनाउन खुकुलो पारेर गरिएको लकडाउनले भने संक्रमितको संख्या निणयन्त्रणमा कति सघाउँ पु¥र्याउँछ त्यो भने हेर्न बाँकी रहेको छ ।