महन्थ ठाकुरद्वारा जसपा लोकतान्त्रिक दल दर्ताका लागि निवेदन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले जसपा लोकतान्त्रिक नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका छन् ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।
नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतो रहनेछन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ, जसमध्ये रेशम चौधरीसहित १५ जना सांसद रहेका छन् ।
ठाकुर पक्षले चुनाव चिह्नमा साइकल प्रस्ताव गरेको बताइएको छ ।