वामदेवले माधव नेपाललाई साथ दिने
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने बताएका छन् । तत्कालीन नेकपा फुट्दादेखि उनले चलाउँदै आएको पार्टी एकता अभियानको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता गौतमले अध्यक्ष केपी ओलीसँग बसेर काम गर्न कठिन भएको बताउँदै अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने बताए ।
नेता गौतमले अब एमाले समाजवादी पार्टीलाई सहयोग गर्दै पार्टी एकता अभियानलाई तीव्र बनाउने बताएका छन् । ओलीसँग बसेर केही गर्न नसकिँने बताउँदै नेता गौतमले विद्रोह नै विकल्प रहेको बताएका छन् । नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्ने त्यसपछि पार्टी एकतामा जोड दिने नेता गौतमले बताएका छन् ।
गौतमले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउँदै त्यो जिम्मेवारी आफूलाई दिन नेता नेपाललाई पनि आग्रह गर्ने बताएका छन् ।