गुल्मीमा अहिलेसम्म ४ हजार ८ सय ९९ जनाले कोरोना जितेर निको

गुल्मीमा सोमबार थप ७ जनाको कोरोना भाइरस संक्रण परीक्षण गरिएकोमा सातै जनामा कोरोना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गुल्मीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार ४ जना पूरुष र ७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै संक्रिय संक्रमितको संख्या ६८८ रहेको छ । संक्रिय संक्रमितमध्ये ६८४ जना सामान्य उपचार सहित होम आइसोलेसन र ४ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म १६ हजार ६० जनाको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ५ हजार ६ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ४ हजार ८ सय ९९ जनाले कोरोना जितेर निको भएका छन्।

दोश्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमणका कारण ९५ जनाको ज्यान गइसकेको छ । ४३ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो । पछिल्लो समय लकडाउन खुकुलो पारीएको छ । लकडाउन खुकुलो पारिएसंगै निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालन भएका छन्। बेलुका आठ बजेसम्म गन्तव्यमा पुगि सक्ने गरी निजि तथा सार्वजनिक सवारी साधन सञ्चालन भएका हुन् । कार्यालयबाट मात्र सेवा दिने गरी बैंक, वित्तिय तथा सहकारी संस्थाहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संचालन हुँदै आएका छन् ।
यद्यपी सवै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार गर्न मानिसहरु जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा महोत्सव गर्न तथा समूहमा खेलिने कुनै पनि प्रकारको खेलकुदहरु, मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रमहरु संचालन गर्न भने रोक लगाइएको छ ।