माधवतिर लागेका नेता पनि एमाले वैठकमा सहभागी, मंसिर १० देखि महाधिवेशन गर्ने निर्णय
काठाडौं । नेकपा एमालेले आगामी मंसिर १० देखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिएका छन् ।
माधव नेपाल पक्ष भनेर चिनिएका तर नेपालले पार्टी फुटाउँदा त्यतातिर नलागेका स्थायी कमिटी सदस्यहरुको पनि सहभागिता रहेको वैठकले एमालेले विधान अधिवेशन असोज ४, ५ र ६ गते गर्नेछ ।
बैठकले पार्टी विवाद मिलाउन गठन भएको कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । जसअनुसार पार्टी संरचना २०७५ साल २ जेठ गते अगाडिको अवस्थामा क्रियाशील हनु निर्देशन दिइसकेको प्रवक्ता ज्ञवालीले बताएका छन् ।
त्यस्तै १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको उच्चस्तरीय कार्यदल गठन गरेको बताइएको छ । माधव नेपालतर्फ लागेका नेताहरुको खाली हुने पदहरुमा कसलाई मनोनित गर्ने भन्ने विषयमा कार्यदलले टुंगो लगाउने बताइएको छ ।