स्काउटको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी थाल्यो एक हप्ते अभियान

नेपाल स्काउट लुम्बिनी प्रदेश तदर्थ समितिको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको समन्वयमा कोभिड–१९ रोकथाम तथा सवारी साधन दुर्घटना सम्बन्धी एक हप्ते अभियान सञ्चालन गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण जोखिम न्यूनिकरणका लागि र सवारी दुर्घटना न्यूनिकरणका लागि एक हप्ते अभियान सञ्चालन गरि जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका नविन भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार एक हप्ताको अवधिसम्म जिल्लाका फरक–फरक स्थानमा पुगी स्थानीयलाई जनचेतनामूलक प्रशिक्षण गरिनेछ । सोही कार्यक्रम अन्र्तगत सोमबार मुसिकोट नगरपालिका–५ इन्द्रेगौडामा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

नेपाल स्काउट मुसिकोट नगरपालिकाको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको समन्वयमा कोभिड–१९ रोकथाम तथा संक्रमण हुनबाट जोगिन र जोगाउन गरिनुपर्ने कार्य तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियम लगायतका विषयमा जनचेतना प्रदान गरिएको भण्डारीले जानकारी दिनुभयो ।

अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका नविन भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । भने नेपाल स्काउट मुसिकोट नगरपालिकाका संयोजक नविन छन्तेल तथा नेपाल स्काउट रेसुङ्गा नगरपालिकाका संयोजक सुरेश भण्डारी, स्थानीय, सवारी चालक, यात्रुहरु लगायतको सहभागिता रहेको थियो । यो अभियान अन्र्तगत छल्दीपनाह, पुर्कोट, श्रृङ्गा लगायतका जिल्लाका विभिन्न स्थानमा गई सचेतनामूलक कार्यक्रम गरिनेछ ।