एमालेले लोकतन्त्र र संविधानको रक्षा एवं मुलुकको समृद्धिका लागि पहरेदारी गर्ने
देउवा सरकार प्रारम्भदेखि नै जनहित विरुद्ध, राष्ट्रियताविरुद्ध र लोकतन्त्रकाविरुद्ध देखिएको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेशको सरकार ढालेर परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकार प्रारम्भदेखि नै जनहित विरुद्ध, राष्ट्रियताविरुद्ध र लोकतन्त्रकाविरुद्ध देखिएको आरोप लगाएका छन् ।
आफु नेतृत्वको सरकारले दल जुटाउन र अहिलेको सरकारले दल फुटाउन अध्यादेश ल्याएको दावी गर्दै अध्यक्ष ओलीले धोकापूर्ण ढंगले १२ बजे संसदको अधिवेशन अन्त्य गरेर भोलिपल्ट अध्यादेश ल्याउने काम भएको बताए ।
बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले लोतान्त्रिक अभ्यास र संविधानको मर्म अनुसार सांसदहरुले ४० प्रतिशत पु¥याएर अलग हुन पाउने अधिकार सुनिश्चित गर्न आफूले अध्यादेश ल्याएको स्पष्ट गरे । एमालेभित्रको विवादमा फाइदा उठाउँदै एमालेलाई फुटाउन नै अध्यादेश ल्याएको जिकिर गर्दै ओलीले आवश्यक परे १० प्रतिशतमा पनि झरेर अध्यादेश ल्याउन सरकार तयार रहेको आरोप लगाए ।
अध्यक्ष ओलीले आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्न रोकेको भन्दै सभामुख अग्नि सापकाटाले अलोकतान्त्रिक र असंवैधानिक तथा प्रतिगामी काम गरेको जिकिर गरे । एमालेले गरेको कारवाही ७ दिनसम्म रोकेर सभामुखले आफू नै न्यायालय बन्न खोजेको ओलीले आरोप छ ।
पार्टीले कारवाही गरिसकेपछि सभामुखले त्यसलाई विचाराधीन राख्ने अधिकार नभएको बताउँदै ओलीले निर्वाचित सरकारलाई संसदमा जान नदिएर बिस्थापीत गर्ने काम पनि अलोकतान्त्रीक कदम भएको जिकिर गरे ।
त्यस्तै ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाए । साधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो भन्दै उनले प्रश्न गरे । उनले माधव नेपालले अपहरणकारी र ज्याजतीपूर्ण काम गरेको आरोप लगाए ।
एमालेले १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने क्रममा अहिलेकै नेकपा (एमाले) नेकपाकै निरन्तरताको रुपमा रहेको र यसले नेकपाको विरासत आत्मसात गरेको र पार्टी निर्माण, विस्तार र एकीकरण पार्टीको विशेषता र संस्कृति रहेको कुरालाई आत्मसात गर्दै रचनात्मक दृष्टिकोण अवलम्बन गरिने जनाएको छ ।
प्रमुख प्रतिपक्षका रुपमा सरकारका काम कार्बाही विरुद्ध हरबखत खबरदारी र विरोध गरिरहने एमालेले जनाएको छ भने लोकतन्त्र र संविधानको रक्षा एवं मुलुकको विकास र समृद्धिका लागि निरन्तर पहरेदारी पनि एमालेले उल्लेख गरेको छ ।