चोरी भएका २४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित धनिलाई जिम्मा

काठमाण्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन ।
महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन न.पा., पुतलिसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्‍वर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बुढानिलकण्ठलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाउनु भएको हो ।
कार्यक्रममा बोल्नुहुदैँ एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको बताउनुभयो । उहाँले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताउनुभयो ।
रोहन शर्मा, प्रदिप लामा, नारायण गिरी, सन्देश पुन मगर, मिन बहादुर लामा, भरत कुमार पोखरेल, कृष्णगरि बिष्‍ट, राजु श्रेष्ठ, सुरेश लामिछाने, निरन पाण्डे, लिला बहादुर आले, हरिभक्त शाही, भाईराजा कार्की, सुसिला सिलवाल, सन्देश आचार्य, शुक्रजंग पाण्डे, मिलन कुमार जोशी, राजिभ अर्याल, राजेन्द्र के।सी।, किर्पा घले, अनिल पौडेल, भैरव परियार, बाजेन्द्र थापा र फुर्वा नाम्गेल शेर्पाको मोटरसाइकलहरू यस महाशाखाको पीडित सहायता ईकाईबाट खटिएको ट्राफिक प्रहरी टोलीले खोजतलास गरेको हो ।

मिति २०७।०११ गते सम्बन्धित धनिलाई हस्तान्तरणको मोटरसाइकल विवरण:-

सि. नं.पक्राउ मो.सा. नं.वास्तबिक नं.प्रकारनिवेदकहराएको मितिहराएको स्थानफेला परेको स्थान
बा ८१ प २१५६बा ८२ प ६३९२बुलेट रातोरोहन शर्मा२०७७/०९/२९पशुपतीनयाँबसपार्क
बा ६५ प ८०९१बा ६९ प ५५०६पल्सर  २२० कालोप्रदिप लामा२०७८/०२/१८नागर्जुन न.पा. २थानकोट
बा ५८ प ४३१२सोहिपल्सर २२० कालो रातोनारायण गिरी२०७२/०५/१४पुतलिसडकगौशाला
प्र.३,०२,०२२ प   ७७८९बा.प्र.०२,०२३ प   ६२११पल्सर  २२० रातो कालोसन्देश पुन मगर२०७७/१२/०६ठमेलथापाथली
प्रदेश३-०२-००२ प ०२९६प्रदेश३-०२-००१ प ९१८४पल्सर २२० कालो रातोमिन बहादुर लामा२०७६/११/११बालाजुसिंहदरवार
बा.प्र.०२,०१५ प ६०६५प्र३-०२-०१३ प ६६४२पल्सर २२० कालो रातोभरत कुमार पोखरेल२०७६/११/२८कपनपशुपती
बा ७७ प ३६२७सोहिपल्सर २२० कालो रातोकृष्णगरि बिष्‍ट२०७७/११/२९थली काठमाण्डौचागुनारायण
बा ७० प ७२६४सोहिपल्सर २००  कालो रातोराजु श्रेष्ठ२०७८/०४/०४सानेपाकलंकी
बा ८९ प ८३३३बा ६५ प ९०५६सुजुकी जिक्सर निलोसुरेश लामिछाने२०७६/०२/१६महाराजगंजनेपालटार
१०बा ७१ प ९८५सोहियामाहा FZनिरन पाण्डे२०७६/०३/०८एकान्तकुनासातदोबाटो
११बा ४६ प ७१८८सोहिअपाचे १६० सी.सी. ग्रेलिला बहादुर आले२०७७/१०/२४राधेराधे भक्तपुरदुधपाटी भक्तपुर
१२बा ६७ प १०७९सोहिसुजुकी सिलिङसर्टहरिभक्त शाही२०७८/०४/२२सामाखुसीनेपालटार
१३बा ७३ प ५०१सोहिहोण्डा युनिकन ग्रे रङभाईराजा कार्की२०७४/०४/२५चार्दोबाटो भक्तपुरकोटेश्‍वर
१४बा.प्र.०२,०१९ प २१९१सोहिNTORQ स्कुटरसुसिला सिल्वाल२०७८/०४/२४चावहिलपेप्सीकोला
१५बा.प्र.०२,०१७ प ८७७६सोहिडिओ स्कुटर पहेलोसन्देश आचार्य२०७८/०४/१६बानेश्‍वरबुद्धनगर
१६बा ७२ प ८९७५सोहिDASS स्कुटरशुक्रजंग पाण्डे२०७८/०४/३२टोखा मिलनमार्गनयाँबानेश्‍वर
१७प्रदेश३-०२-००१ प २२४७सोहिडिओ स्कुटरमिलन कुमार जोशी२०७८/०४/०३पाटन अस्पतालपुल्चोक
१८बा ९८ प ८६१३सोहिडिस्कभर कालोराजिभ अर्याल२०७७/०५/०७शेषमती बालाजुबालाजु
१९बा ७५ प ३९५२सोहिहोण्डा साईन कालोराजेन्द्र के.सी.२०७८/०३/२५बालाजुथानकोट
२०प्र३-०२-००१ प ०२३१बा ९८ प १७३०पल्सर १५० निलो कालोकिर्पा घले२०७७/०३/१६गोल्ढुङ्गासाँखु
२१बा ७८ प ६७५बा ७८ प ६७४पल्सर १५० कालो निलोअनिल पौडेल२०७५/०६/१०सेतोपुलअनामनगर
२२बा ४६ प ८५१७सोहिपल्सर १५० सी.सी.भैरव परियार२०७८/०४/२५बिजुलीबजारबुद्धनगर
२३बा ४९ प २९८६सोहिपल्सर १८० कालो निलोबाजेन्द्र थापा२०७७/११/२१भृकुटीमण्डपदरवारमार्ग
२४प्रदेश३०२,००८ प ७८२५प्रदेश३०२,०१२ प ६३१७पल्सर १५० कालोफुर्वा नाम्गेल शेर्पा२०७८/०४/१८बुढानिलकण्ठबौद्ध