स्वास्थ्यमा बेतिथि, बिच्छाको अगाडि सिनियरहरु निरीह
काठमाडौं । आफु भन्दा १० जना सिनियरहरुलाई पछार्दै डा. राम पदारथ बिच्छा गत साउनको मध्यतिर स्वास्थ्य बिभागको महानिर्देशक बन्न सफल भए । १२ औं तहका डा. दिपेन्द्र रमण सिंहलाई महानिर्देशकबाट हटाएर कनिष्टलाई बिभागको महानिर्देशक बनाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बेतिथि बढेको भन्दै कर्मचारीहरु आक्रोशित बनेका छन् ।
आगामी कात्तिक ६ गते उमेर हदका कारण डा. आर पी बिच्छाले सेवाबाट अनिवार्य अवकाश पाउँदैछन । मन्त्रालयमा उनी भन्दा १० जना सिनियर सह–सचिवहरु छन । तर ती सवैलाई पछाडि पारेर बिच्छालाई नै रोज्न मन्त्रालयलाई किन आवश्यकता प¥यो भन्ने बिषयले सम्पूर्ण कर्मचारीहरुको ध्यान खिचेको बताइन्छ ।
१० जना सिनियर मध्ये पनि सवै भन्दा कनिष्ट र जुनियर रहेका डा. बिच्छालाई महानिर्देशक बनाउन सचिव डा. रोशन पोखरेललाई कसले दवाव दियो भन्ने घटना यतिवेला मन्त्रालय चर्चित छ । मन्त्रालयको चाहाना बिपरित माथिको राजनीतिक दवाव थेग्न नसकेर डा. बिच्छालाई जर्वजस्ती महानिर्देशक बनाउनु परेको गुनासो सचिव पोखरेलले सुनाउने गरेका छन ।
१२ औं तहका सिनियरलाई फालेर कनिष्ट र त्यसमाथि पनि ३ महिना पनि सेवा अवधी नभएका जुनियर कर्मचारीलाई मुलुकको यस्तो संक्रमणकालीन स्वास्थ्य अवस्था रहेको समयमा किन महानिर्देशक बनाइयो ? भनेर मन्त्रालय भित्रैबाट व्यापक बिरोध भइरहेको छ । उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेपाली काँग्रेस पार्टी र गठबन्धनका राजनीतिक दलहरुका नेताहरुले खुलेरै आलोचना गरेका छन ।
श्रेष्ठलाई राज्यमन्त्री बनाउन प्रधानमन्त्री पत्नी आरजु देउवाको मुख्य भुमिका र हात रहेको चर्चा राजनीतिक बृतमा व्याप्त छ । व्यापारी पृष्ठभुमिका श्रेष्ठले प्रधानमन्त्री पत्नी आरजुलाई राम्रै रकमको थैलीको बन्दोबस्त मिलाएर मन्त्री पद हात पारेको भन्दै उनलाई हटाउन प्रधानमन्त्री देउवा माथि चौतर्फी दवाव परेको समाचार बाहिर आएका छन ।
सरकारले आगामी असोज महिना भित्र कुल जनसंख्या मध्ये एकतिहाई जनसंख्यालाई कोरोना बिरुद्धको खोप लगाईसक्ने निर्णय गरेको छ । यसका लागि आवश्यक खोप खरिदका लागि करिव २६ अर्व रकमको जोहो सरकारले गरिसकेको छ । आगामी चैत्र महिना भित्र सवै नागरिकलाई खोप लगाउने योजना बर्तमान सरकारको छ ।
बिच्छा भन्दा १० जना सिनियरहरु मन्त्रालय र मातहत बिभागमा रहेका छन । तिनिहरुमा डा. गुणराज लोहनी, भीमसेन टिङकरी, तारा पोखरेल, सुनिल शर्मा, कृष्णप्रसाद पौडेल, बासुदेव उपाध्याय, संगिता मिश्र, तारा पौडेल, तारा पोखरेल र श्रीकृष्ण श्रेष्ठ रहेका छन ।