संखुवासभा घटनाका हत्यारा पक्राउ
काठमाडौं । संखुवासभाको मादी नगरपालिका १ मा एकै परिवारका ६ जनाको बिभत्स हत्यामा संलग्न हत्यारा पक्राउ परेका छन । उमलिङ खोलाका तेजबहादुर कार्कीको परिवारको हत्या उनकै भतिजाले गरेको खुलासा भएको छ । तेजबहादुरको घर भन्दा करिब डेढ सय मिटर टाढा रहेका २६ वर्षीय लोकबहादुर कार्कीले परिवारका ६ जनाकै हत्या गरेको प्रहरी अनुस्धानाट खुलेको छ ।
५ दिन लामो प्रहरी अनुसन्धानपछि लोकबहादुरलाई पक्राउ परेको बताइएको छ ।
लोकबहादुरले सुरुमा तेजबहादुरको हत्या गरेको र उनको हत्या गरेको थाहा पाएपछि परिवार नै सखाप बनाएको प्रहरीलाई बयान दिएका छन ।
तेजबहादुरको हत्या गरेको उनकी श्रीमती कमला कार्की र बुहारी रञ्जना कार्कीले देखेपछि उनीहरु घटनास्थलमा पुगेका थिए । त्यसपछि कार्कीले उनीहरुलाई पनि लखेटी लखेटी हत्या गरेको खुलासा गरेका छन । कमला र रञ्जनाको हत्यापछि उनले रञ्जनाका छोराछोरीको हत्या गरेका थिए । घर मास्तिर बारीमा उनले विपिन र गोमाको हत्या गरेको बताइएको छ । अन्तिममा तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको घरभित्रै गाइबस्तुलाई कुँडो पकाइरहेको अवस्थामा हत्या भएको थियो । राम्रोसँग आँखा नदेख्ने र कान पनि नसुन्ने भएकाले बौद्धमान भने जोगिएका छन ।