गुल्मीको तम्घासमा एकता बहुउद्देश्य सहकारी संस्था लिमिटेडको स्थापना

गुल्मीको सदरमुकाम तम्घासमा एकता बहुउद्देश्य सहकारी संस्था लिमिटेडको स्थापना गरिएको छ । लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दर्ता जिल्लाका सबै स्थानीयतहसम् कार्यक्षेत्र हुने गरी नयाँ सहकारी स्थापना गरिएको सहकारीका अध्यक्ष गणेश विश्वकर्माले जानकारी दिनुभयो ।

त्यस सहकारीको आज संविधान दिवसको अवसर पारेर रेसुङ्गा नगरपालिका–१ भिमचोकमा कार्यालयको समेत उद्घाटन गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । सहकारीको माध्यमबाट निम्न आय भएका गरिब परिवारसम्म सहकारी पुर्याइ उनीहरुको आर्थिक र सामाजिक परिवर्तन गर्ने लक्ष्य राखिएको अध्यक्ष विश्वर्काले बताउनुभयो ।
अध्यक्ष विश्वकर्माले ३७ जना सेयर सदस्यबाट दर्ता भई सेयर सदस्यता वितरण जिल्लाभर विस्तार गर्ने योजना समेत रहेको जानकारी दिनुभयो । शेयर पूँजी ३ लाख ७० हजार र हालसम्मको प्रवेश शुल्क ३७ हजार गरी ४ लाख ७ हजार बाट कारोबार शुरु गरिएको विश्वकर्माले जानकारी दिनुभयो ।
यस सहकारीको कार्यालय उद्घाटन कार्यक्रममा सञ्चालन समितिका उपाध्यक्ष रोम विश्वकर्मा, सचिव दल बहादुर विश्वकर्मा, कोषाध्यक्ष उजेली विश्वकर्मा, सदस्य झविन्द्र विश्वकर्मा, कृष्ण नेपाली, कमला बराल, कृष्ण विश्वकर्मा, कमला परियार र सुशिला नेपालीको सहभागिता रहेको थियो ।