ओम समाज डेन्टल हस्पिटलमा दशैका अवसरमा १० प्रतिशत छुट

काठमाडौं । नेपालको पुरानो तथा ब्यस्त डेन्टल हस्पिटल मध्येको ओम समाज डेन्टल हस्पिटलले नयाँ दाँत राख्ने (नक्कली दाँत) उपचारमा बिजया दशमी २०७८ को अवसरमा छुटदिने अफर सार्वजनिक गरेको छ ।
उक्त अफर अन्तर्गत डेन्टल इम्प्लानंट (दाँत रोप्ने),नयाँ फिक्स दाँत राख्ने,पुरै सेट दाँत राख्ने उपचारमा १०% छुट अफर ल्याएको हस्पिटल प्रशासनले जानकारी दिएको छ ।
आज सिंगो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको अबस्थामा आउदै गरेको नेपालीहरुको महान चाड विजयादशमी मा सबैको मुहारमा मुस्कान होस् भन्ने उदेश्यका साथ् सदैब सामाजिक कार्यमा तत्पर ओम समाज डेन्टल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायीत्व बहन गर्दै यो अफर छुट ब्यबस्था सार्बजनिक गरेको बताइएको छ ।
कोभिड–१९ को पहिलो दोस्रोको सुरुवाती समयमा सबै कोभिड बिरामी भन्ना साथ् दस हात टाठा भाग्ने अबस्थामा हस्पिटलले देस र रास्ट्रको लागि केहि गर्नु पर्छ अहिले नगरे कहिले गर्ने भन्दै निःशुल्क उपचार घर घरमा देखि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको ओम समाज डेन्टल हस्पिटलले दाँत मुख सम्बन्धि जनचेतना फैलाउने उदेश्यका साथ् बिभिन्न स्थानहरुमा निःशुल्क दन्त्य शिबिर संचालन गर्दै आइरहेको छ ।
मुख्य शाखा चाबहिल गोपीकृष्ण मार्गमा रहेको ओम समाज डेन्टल हस्पिटलको चन्द्रागिरी नगरपालिकाको नैकाप तथा महोत्तरी बर्दिबासमा गरि दुइ शाखाहरुपनि संचालनमा रहेका छन् ।