निरन्तरको वर्षाले धान कृषकको धानबालीमा क्षति
‘दशैंको टिकाको भोलीपल्ट धान काटेर सुकाईयो । लगातार पानी परेर खेतको गरामा सुकाएको धान क्षति ग¥र्यो । बर्षभरीको मेहनत खेर गयो ।’ यो भनाई हो मदाने गाउँपालिका–३ सिर्सिनीका कृषक थम्मन बहादुर नेपालीको । चाडपर्वकै हतारोमा ९ जना खेतला खोजेर धान काटेर खेतको गरामा सुकाउनुभएका नेपाली निरन्तरको झरीले उठानै नमिल्ने गरी धानमा क्षति भएपछि चिन्तित हुनुहुन्छ ।
‘एक दुई दिनमै धान उठाउला भनेका थियौं । पानीले यतिसम्म क्षति पु¥र्याला भनेर सोंचेका थिएनौं ।’ नेपालीले भन्नुभयो,‘नेपालीले भन्नुभयो,‘लगाएको धान खेती सबै पानीले सखाप पु¥र्यायो अबत न हली न गोरुको नै खर्च उठ्ने भयो ।’ मदाने–३ बनाकाटेका टिका बहादुर जिसी पनि निरन्तरको वर्षाले धान काटेर उठाउन ठिक्क पारेको धानमा क्षति पु¥र्याएपछि दुखी हुनुहुन्छ । जिसिले पनि १२ जना खेतला खोजी धान उठाउन काटेर ठिक्क पार्नुभएको थियो । नेपाली र जिसी मात्र होइन त्यहाँका मोहन भुसाल, कमला अर्याल र खेतु पन्थीको गुनाँसो पनि उस्तै छ । विगत तिन दिन देखिको अबिरल वर्षाका कारण धान खतीमा क्षति पुर्याएको छ ।
जिल्लाका १२ वटै स्थानीय तहमा धान खेती गरिन्छ । ईस्मा गाउँपालिकाको चौरासी फाँट, किसानटारी, अर्जेवेशी, रोधीअरौदी, छल्दी, छिनुवा, चाँपटारी, गुर्वा निस्ती ढाणवेंशी, खहरे थापाचौर फाँटमा धान खेती गरिदैँ आएको छ । त्यस्तै मुसिकोट नगरपालिकाको वामी फाँट, दानसिङफाँट, कुर्घा भुवाचिदिफाँट, आपचौरफाँट, सङकौल, पौदी अमराई, दिगामचौर, पौदीअरेवा फाँटमा धान खेती हुँदै आएको छ । चन्द्रकोट गाउँपालिकाको शान्तीपुरफाँट, हरेवा, दम्कासोता, तुराङफाँटमा धान खेती हुँदै आएको छ ।
त्यस्तै सत्यवती गाउँपालिकामा अश्लेवाफाँट, अरुङ्गा फाँट, साहाघाट, चेमी वहादी, लिम्घा फाँट, कालिगण्डकी गाउँपालिकाको अर्वेनी फाँट, हर्मिचौर, पूर्तिघाट, चापचौर, कोरेङफाँट, फोक्सिङ फाँट, जुखुमचौर, जयखानी, बेल्टारी, फोक्सिङको लमकरा, भुर्तुङ्गकोट, छापचौर, हर्मिचौरको दिङफाँट, रुरु क्षेत्र गाउँपालिकाको घिउँवेशी, बोहाफाँट, रिमुवा, टाहाटिमफाँट, ग्वादी वेशीका चौर फाँट, एक्लेपिपलफाँट, मदाने गाउँपालिकाको निउरेफाँट, आठचौरफाँट, गडेराफाँट, बडाचौर, गैरीखेत, सूर्यटारी फाँट, छत्रकोट गाउँपालिकाको खज्र्याङफाँट, मनभागफाँट, अर्घाँफाँट, वोहाफाँट, दिगामको जेर्दी फाँटमा धान खेती हुँदै आएको छ । त्यस्तै गुल्मीदरबार गाउँपालिकाको कुमालटारी, अमरअर्वाथोक तलको फाँटमा धान खेती गरिन्छ ।
रेसुङ्गा नगरपालिकाको अर्खलेको रैदीफाँट, सावुनेटारी फाँट, पारमटारी फाँट, धुर्कोट गाउँपालिकामा गानटारी, धर्नार्जी फाँट, सिमलटारी, कुमलटारी, मानचौर, किट्नीका गौराखेत फाँट,मालिका गाउँपालिकामा विधिखोलाको फाँट, मिलटारी, किसानटारी, अर्जेको फाँटमा धान खेति हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।