बिरगंज सुख्खा बन्दागाह भंसारको कमाण्डप्रति शंका
बिरगंज । सुख्खा बन्दरगाह भंसार कार्यालय बिरगंजको कार्य सम्पादन सन्तोषजनक नरहेको गुनासो अर्थ मन्त्रालय र भंसार बिभागसम्म पुगेको छ । हाल उक्त कार्यालयको कमाण्ड डां लालबहादुर खत्रीले संहालिरहेको बताइन्छ । राजश्व प्रशासनमा राम्रो दख्खल राखेपनि भंसार प्रशासनमा खत्रीमा त्यति ज्ञान नभएको उनी निकटश्रोतले बताएको छ । खत्रीको कमाण्ड फितलो भएकोले नै भंसारमा अधिकृतहरुको वोलवाला चल्दै आएको गुनासो मन्त्रालयसम्म पुगेको बताइएको छ ।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे तत्कालीन समयमा अर्थ मन्त्री हुँदा खत्रीले सचिवालयमा बसेर राम्रो काम गरेको भन्दै खत्रीलाई सरकारी कोटामा नेपालको उत्तरी छिमेकी मुलक चीनमा पढन पठाइएको थियो । चीनबाट पीएचडी गरेर फर्किएका खत्री मन्त्रालयमा इमान्दार छवी मध्येकै कर्मचारी भित्र पर्छन । यति हुँदा हुँदै पनि सुख्खा बन्दरगाह कार्यालय बिरगंजको प्रमुख भएर गएपछि भने उनले आफनो क्षमता प्रदर्शन गर्न नसकेको बिषयमा भने उनी आलोचित हुन पुगेका छन ।
खत्रीको कमाण्ड कमजोर हुनु र त्यसको फाईदा अधिकृतहरुले लिनुमा उनी स्वयम जिम्मेवार रहेको बताइन्छ । उनको शरीरमा बढदै गएको सेतो दुवीको मात्रा बढदै गएपछि नियमित औषधी सेवन गरिरहेका छन । त्यही कारण उनी कमजोर र शिथिल बन्दै गएको बताइएको छ । बोलेको कुरा बिर्सने र छिनछिमा रिसाउनेपना उनमा बढदै गएको कर्मचारीहरु बताउँछन । सेवाग्राहीका साथै गुनासो लिएर उनी समक्ष भंसारमा पुग्नेहरुसँग उनी बेला कुबेलामा झर्कने र गुनासो सुन्नुको सट्टा उल्टै हप्काएर पठाइ दिने गरेको सिकायत मन्त्रालय र बिभागसमक्ष पुगेको बताइन्छ ।
गत आर्थिक वर्षमा कार्यालयले बिभागले दिएको राजश्वको लक्ष्य पनि पुरा गर्न नसकेको बताइएको छ । बिभागले ४४ अर्वको लक्ष्य दिएको भएपनि ९४ करोड अपुग भएको बताइएको छ ।
०६१ सालमा पुष २७ गतेदेखि अलग्गै अस्तित्व भएको कार्यालयको रुपमा सो भंसार कार्यालय स्थापित भएको थियो । ०७१ साउन १ देखि बिधिवत रुपमा उक्त कार्यालय संचालनमा आएको बताइएको छ । बिश्व बैंकको ऋण सहयोगमा करिव ८२ करोड लागत र छिमेकी मुलुक भारतको करिव २० करोडको अनुदान सहयोगमा रक्सौलदेखि कार्यालयसम्म रेल लिंक स्थापना गरिएको छ । यो नेपालको पहिलो सुख्खा बन्दारगाह भंसार कार्यालय पनि हो । क्षेत्रफल ३८ हेक्टर अर्थात ५७ बिघाहा जमिनमा फैलिएको छ । मुलुकको अध्याधुनिक प्रबिधिमा आधारित भंसार कार्यालय भएको बताइन्छ ।