मिस यूनिभर्स नेपालमा १६ सुन्दरी भिड्दै

काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीहरुबीच प्रतिस्पर्धा हुने भएको छ । उमङ्ग क्रियशनले बिहिबार साँझ दरबारमार्थस्थित होटल याक एन्ड यतिमा आयोजना गरेको एक कार्यक्रममा १६ प्रतिस्पर्धी युवती सार्वजनिक गरेको हो ।
सो कार्यक्रममा १६ युवतीहरुले रेड कार्पेटमा र्याम्प वाक गर्दै मिडिया तथा दर्शकमाझ आफ्नो परिचय र भविष्यको योजना सुनाएका थिए । प्रतियोगीतामा १६ बाट शिर्ष १० जना छानिने छन् । छनोटका लागि ५० प्रतिशत अंक प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत आइएमई एपमा प्रतियोगीतलाई प्राप्त भोटिङका आधारमा हुने बताइएको छ ।
अक्टुबर ३० अर्थात कार्तिक १३ गते फाइलन प्रतियोगिता हुने आयोकले जनाएको छ । प्रतियोगीताको शिर्ष बिजेताले डिसेम्बर १२ मा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।