गञ्जागोल महाधिवेशनमा नेपाली काँग्रेस: गुटउपगुटलाई हराऔं, काँग्रेसलाई जिताऔं
नेतृत्वको चाहना र कोरोनाको बहाना मिलेको अन्तिम अवधिमा भइरहेको नेपाली काँग्रेसको १४औं महाधिवेशनले तत्काललाई मात्र गञ्जागोल टार्दैछ । खासगरि भ्रातृसंगठनहरुको वर्षौंदेखि हुन नसकेको अधिवेशनका बीचमा भइरहेको यस महाधिवेशनमा सबैजसो तहमा उम्मेदवारको लामो लाइन लागेको छ । कृयाशील सदस्यता वितरणदेखि शुरु हुने विवाद यस महाधिवेशनमा पनि शुरुदेखि अहिलेसम्म कायम छ । झण्डै नौ लाख कृयाशील सदस्य रहेको पार्टीमा सानोतिनो विवाद हुनुलाई अस्वाभाविक मान्न नमिले पनि काँग्रेसमा यो रोग क्रमशः घातकसिद्ध हुने खतरा बोकेर हिंडेको छ ।
आपूmलाई खुङ्खार लोकतान्त्रिक देख्ने काँग्रेसका केही स्थानीय नेताले वडा अधिवेशनमा सहमति नभई मतदान भयो भने पार्टी नै सिद्धिने ध्वाँस देखाउँदै आपूm हार्ने डरलाई जबर्जस्ती सहमतिमा परिणत गराउन जुनसुकै हर्कत गरे । क्षमतावान मान्छेलाई लगियो भने आपूm पछि परिन्छ भनेर त्यस्ता मान्छेलाई शुरुदेखि नै छेऊ लाउने तिकडममा सफलता पाए । असहमतिका बीच सहमतिको नाम दिएर काँग्रेसका शीर्ष नेताका फोटा नचिन्ने, काँग्रेसको छोंटो इतिहास पनि बताउन नसक्ने र कस्तो मान्छेलाई मत दिनुपर्छ भन्ने पनि थाहा नभएका कैयन्लाई क्षेत्रीय प्रतिनिधिमा चुनेर पठाउने काम भयो । जुन कुरा पालिका तहको बदर मतहरुले पनि पुष्टि गर्छ ।
भ्रातृसंगठनका पदाधिकारीलाई राजीनामा नगराइ उम्मेदवार हुन दिइयो जसले गर्दा यो महाधिवेशन पनि गञ्जागोलको नमुना रह्यो भन्न सकिन्छ । पार्टीको महाधिवेशनमा उम्मेदवारी घोषणा गर्नुअघि विराजमान पदबाट स्वविवेकले राजीनामा दिनुपथ्र्यो र पर्छ नभए सोको पहिचान गरि मतदान अधिकृतहरुले वा नेतृत्वपंक्तिले नै एक व्यक्ति एक पदको धारणा अन्तर्गत राजीनामा गराएर मात्र उम्मेदवारी मनोनयन गराउनुपथ्र्यो । मनोनयन दर्ताको शुल्क लोभले हो वा समयोचित व्यवस्थापनको असक्षमताले हो यसको जवाफ दिनुपर्छ र भए गरेको गल्ति सच्च्याउँदैे पार्टीको बाँकी रहेका चुनावमा यो सुझाव ग्रहण गर्नैपर्छ अन्यथा यसको नतिजा राम्रो हुने संकेत देखिन्न । यसअघि उम्मेदवार भएर चुनाव जितेका हुन् वा हारेका दुवै थरिलाई अब भए पनि राजीनामा गराउनै पर्छ र बाँकी रहेको चुनावी प्रतिष्पर्धामा भाग लिने तर भ्रातृसंगठनबाट राजीनामा नदिनेलाई राजीनामा गराएर मात्र उम्मेदवारी मनोनयन गराउनु पर्छ ।
राजीनामा दिएर खाली हुने पदमा क्षमतावान र उपयुक्त व्यक्तिलाई चयन गर्न सकियो भने एकातिर पाटी पद्धतिमा सुधार आउँछ भने अर्कातिर महाधिवेशनको बाँकी काम सक्न सहज हुनेछ । अन्यथा दोहोरो लाभको पदप्रति गरिएको बेवास्ताले निकाल्ने नतिजा कुनै हालतमा राम्रो हुने छैन । उम्मेदवारहरुले आप्mनो एजेण्डा भन्दा अर्काको आलोचना गर्ने र आपूm मात्र योग्य भएको दावी गर्ने होडबाजी चलाएका छन् । अर्काको कुरा सुन्ने फुर्सद छैन, प्रचारसामग्री वितरणमै व्यस्तता छ । पार्टीलाई सुदृढ गर्दै लैजाने कुनै योजना छैन । कार्यकर्तालाई प्रशिक्षणको कुनै व्यवस्था छैन ।
राष्ट्रिय चुनावमा योग्य काँग्रेसलाई उम्मेदवार बनाउने, योग्य उम्मेदवारलाई जिताउने एकमात्र ध्येय राख्ने र राष्ट्र र जनताको हितमा कार्य गर्ने अनि अधिवेशन हुन नसकेका संगठनलाई तत्काल अधिवेशनको प्रकृयामा लैजाने कार्य गर्ने, पार्टीलाई लोकतान्त्रिक र प्रजातान्त्रिक समाजवादको युगसुहाउँदो बाटोमा डो¥याउने काँग्रेसनेतृत्व आजको आवश्यकता हो नकि गुट उपगुटमा आधारित ।
यो महाधिवेशनमा केन्द्रीय सभापतिका लागि शीर्ष तहका नेताहरुबीच रस्साकसी चलिरहेको छ । केहीले आपूmलाई सबैभन्दा योग्य उम्मेदवार दावी गरे पनि कसैको उम्मेदवारी निश्चित भएको छैन । तथापि जिल्लामा वडा तहदेखि नै गुट उपगुट हावी भएको छ । गुटलाई जिताएर काँग्रेसलाई हराउने खेल चलिरहेको छ । काँग्रेसका मतदाता चयनमा त्यो भूमिका खेल्दै आज्ञापालकहरु प्रतिनिधिका रुपमा पठाइएकाले विवेकशील मतदाताको अभावमा काँग्रेस हार्दैछ र गुटले जित्दैछ । त्यसरी जित्ने गुटका पदाधिकारीलाई चेतनशील काँग्रेसले कसरी पार्टी नेता स्वीकार्ने ? काँग्रेसको आन्तरिक प्रतिष्पर्धाको मैदानमा उत्रिएका क्षमतावान काँग्रेस गुटको कारण हार्ने अवस्थामा छन् । दुई थरि प्रतिद्वन्द्वीमा मान्छे त ऊ भन्दा योग्य हुन् तर के गर्नु अर्को गुटको भएकाले उसलाई हराउन बाध्य भइएको छ भन्ने खबरहरु आएका छन् । योग्य काँग्रेसलाई हराएर अयोग्य काँग्रेसलाई अघि बढाउने अनि बलियो काँग्रेस खोज्ने र सरकारी चुनावमा दुई तिहाइ बहुमतको सरकारको अपेक्षा गर्ने !
अरु बेला सुतेर बस्ने, चुनाव आएपछि उठ्ने अनि म नै हुँ खास काँग्रेस भन्दै ठूलै पद खोज्ने नपाए वा हारे काँग्रेसको कृयाशील सदस्य च्यात्छु, झण्डा पनि जलाइदिन्छु, रुख पनि ढाल्दिन्छु भन्ने अर्काथरि काँग्रेसलाई सम्हाल्ने कस्ले ? आपूmले आफैलाई सम्हाल्न नसक्ने काँग्रेसलाई जिताएर वास्तविक काँग्रेसको ढोंग नपिटौं । वास्तविक काँग्रेस त्यो हो जसले पदको लोभ नगरे पनि वा पद नपाए पनि काँग्रेस छोडेको छैन, कार्यकर्ता हुनुको मन तोडेको छैन । सकारात्मक विचार र सुझाव राखेकै छ, भोट हाल्दा रुख ताकेकै छ । जे होस् ऐले पनि काँग्रेसमा धनबहादुर र डनबहादुर हावी भएको देखिन्छ ।
काँग्रेसको चुनाव खर्चको हिसाबले पनि महंगो भएको छ । वैचारिक क्षमता भएर पनि आर्थिक क्षमताको अभावमा योग्य मानिस चुनावी मैदानबाट भाग्न बाध्य हुनुपर्ने अवस्था छ । यसलाई सहज पार्नु अबको नेतृत्वको जिम्मेवारी हो । कृयाशील सदस्यता महाधिवेशन सकिएपछि पनि जारी राख्नु पर्छ । पार्टीका विभिन्न संगठनमा राजीनामा दिएर खाली भएका ठाउँमा पदपूर्ति गर्दै लैजानु पर्छ । राष्ट्रिय चुनावमा योग्य काँग्रेसलाई उम्मेदवार बनाउने, योग्य उम्मेदवारलाई जिताउने एकमात्र ध्येय राख्ने र राष्ट्र र जनताको हितमा कार्य गर्ने अनि अधिवेशन हुन नसकेका संगठनलाई तत्काल अधिवेशनको प्रकृयामा लैजाने कार्य गर्ने, पार्टीलाई लोकतान्त्रिक र प्रजातान्त्रिक समाजवादको युगसुहाउँदो बाटोमा डो¥याउने काँग्रेसनेतृत्व आजको आवश्यकता हो नकि गुट उपगुटमा आधारित । तसर्थ सक्षम उम्मेदवार हो भने गुट उपगुटलाई हराऔं, काँग्रेसलाई जिताऔं ।