ग्लोबल आइएमई बैङ्क लिमिटेडले डिजिटल
बैंकिङ्ग सम्बन्धी साक्षरता प्रदान

ग्लोबल आइएमई बैङ्क लिमिटेडले वित्तीय साक्षरता डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न गरेको छ । बिहिबार सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा जिल्लास्थित विन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, विद्यालयका प्रधानाध्यापक, लेखापाल, व्यवसायी लगायतलाई डिजिटल बैंकिङ्ग सम्बन्धी प्रशिक्षण दिइएको ग्लोबल आइएमई बैंङ्क गुल्मीका प्रमुख योगेन्द्र रायमाझीले जानकारी दिनुभयो ।

त्यस अवसरमा बैंकले ग्राहकहरुको सहजताका लागि उपलब्ध गराएका विभिन्न एपहरुका विषयमा समेत सहभागीहरुलाई जानकारी दिइएको थियो । डिजिटल बैंकिङ्ग मार्फत कारोबार गर्नेहरुको संख्या बढ्दै जाँदा यसको जोखिमता पनि रहेको छ । डिजिटल बैंकिङ्गको अनुशासन पालना नगर्ने हो भने प्रयोगकर्ताको महत्वपूर्ण जानकारीहरु बाहिरिने खतरा समेत हुने ग्लोबल आइएमई बैङ्कका डिजिटल बैंङ्गकिङ प्रमुख मनिन्द्रराज जोशीले बताउनुभयो ।

डिजिटल बैंकिङ्कमा ग्राहक आफ्नै लाप्रवाहीका कारण जोखिम हुने गरेको जोशीले बताउनुभयो । बैंङ्कमा रहेको आफ्नो बैंक खातासंग सम्बन्धीत रहेका जानकारीहरु परिवारभित्र अन्य सदस्यहरुमा पनि जानकारी हुनु लगायतका कारणले पनि समस्या हुने गरेको बताउनुभयो ।

बैंङ्कमा रहेको आफ्नो एकाण्टलाई सुरक्षित राख्नका लागि बैंङ्क खातासंग सम्बन्धित पिन कोर्ड, पासवर्ड, ओटीपी कोर्ड, आफु बाहेक अरु कसैलाई पनि जानकारी नगराउन, घरभित्र राख्दा पनि एटिएम कार्ड जभाभावी नराखी सुरक्षित राख्न उहाँले सुझाव दिनुभयो । जोशीले डिजिटल बैंकिङ्गका विभिन्न फाइदाका विषयमा पनि जानकारी गराउनुभएको थियो ।