नियोजित रुपमा फैलाइएको अफवाहप्रति दुख लागेको छ
– रेणु कुमारी यादब, मन्त्री, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
जनता समाजबादी पार्टीकी नेतृ हुन, रेणुकुमारी यादब । यतिखेर उनी पाँचदलीय राजनीतिक गठबन्धनबाट बनेको शेरबहादुर देउबा नेतृत्वको बर्तमान सरकारमा भौतिक, पुर्वाधार तथा यातयात मन्त्रीको जिम्मेवारीमा छिन । गएको असोज २२ गते प्रधामन्त्री देउबाले मन्त्रिपरिषद बिस्तार गर्दा यादबले यो मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएकी हुन । ०६३ साल माघ ५ गते मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागि रमेशकुमार महतोले शाहादत प्राप्त गरेका थिए । सोही दिनलाई मधेशवादी दलहरुले हरेक वर्ष बिभिन्न कार्यक्रम आयोजना गरेर संझने गरेका छन । यही सिलसिलामा मन्त्री यादव आफनै पार्टीको भातृ संगठनले आयोजना गरेको कार्यक्रमा सहभागित जनाउन रौतहट गौर पुगेकी थिइन । मन्त्री यादब आउने थाहा पाएपछि डा. सिके राउतको जनमत पार्टीका कार्याकर्ताहरुले बिरोधका कार्यक्रम आयोजना गरी जसपाको पुर्व निर्धारित कार्यक्रमलाई बिथोल्ने प्रयास गरेका थिए । लाठा र भालासहित आएका सयौंको जुलुसलाई छलेर मंचमा पुगेकी मन्त्री यादबले संयमता अपनाएकै कारण संभाबित ठुलै राजनीतिक दुघर्टना टेरेको बताइएको छ । तर मन्त्री यादबले गरेको भाषणका कारण मुलुकका समाचारमाध्यमहरु रंगिएका छन । त्यस्तै मुलुकको राजनीति पनि तरंगित हुन पुगेको छ । गौरमा मन्त्री यादबले गरेको भाषण अनि बास्तविक राजनीतिक घटनाका बारेमा केन्द्रित रहेर रेसुङ्गा टुडे साप्ताहिकले मन्त्री यादबसँग गरेको कुराकानी मुख्य अंश ।
माघ ५ गते जनमत पार्टीका कार्याकर्ताले निकालेको बिरोध जुलुस र तपाईंले रौतहटको गौरमा गरेको भाषणको कारण अहिले मुलुकको राजनीति तरंगित बनेको छ, बास्तकिता के हो ?
हरेक बर्ष माघ ५ गते हामी शहिदको नाममा बलिदानी दिवस मनाउँछौं । यही सिलसिलामा हाम्रा नेताहरु हरेक जिल्लाका कार्यक्रममा सहभागि हुन पुग्ने गरेका छन । म पनि त्यही सिलसिलामा रौतहट पुगेको थिंए । म रौतहटको सदरमुकाम गौर बजारमा पुग्दा महिला, केटाकेटीहरुलाई जम्मा गरेर बाँसको भाटासहित नाराजुशल गर्दै ढुंगामुढा गर्दै आन्दोलनका अगाडि बढेको पाएं । बलिदानी दिवसको दिन यस्तो हिंसात्मक गतिबिधि र प्रदर्शन किन र के का लागि भन्ने सबैमा परेको थियो । हामी हिसांत्मक राजनीतिमा बिश्वास पनि गर्दैनौ भन्ने संदेश दिनका लागि मैले रुट बंदले । तर हाम्रा युवा साथीहरु जोशिएर भन्दै थिए त्यही बाटोबाट जानुपर्छ । यो स्वाभाविक हो कि उनीहरुको रगत अली बढी तातो हुने भएकोले आक्रोश बढेको हुन्सक्छ ।
मैले उनीहरुलाई संझाईबुझाईकन संयममता अपना निर्देशन दिएं । हामीसँग हजारको समुह र उनीहरुमा ५०–६० जनाको संख्या रहेकोले भिडन्त भएको खण्डमा मानवीय क्षति हुन्छ भन्ने सवैलाई थाहा थियो । त्यसपछि हामीले रुट बदलेर हामी कार्यक्रमस्थलमा पुग्यौ । त्यति गर्दा पनि हाम्रो साथीहरुले बोकेको झण्डा च्यात्ने र मुठभेड गर्न उनीहरुले नखोजेका पनि होइनन । यतिसम्मकी मंचमा नै आएर आक्रमण गर्ने योजना आन्दोलनकारीले बनाएको खबर पनि हामीलाई प्राप्त भयो । हिंसात्मक घटना हुन नदिनका लागि रुट बदल्दा पनि मंचमा नै आक्रमण गर्न खोज्नुले पनि यो पुर्व तयारी, नियोजित र प्रायोजितका साथ गरिएको भन्ने हामीलाई लागेको छ ।
शान्तिपूर्ण आन्दोलन भन्ने अनि बासका भाँटासहित महिला र केटाकेटीलाई अगाडि लगाएर जुलुश निकाल्नुलाई तपार्ई र तपाईको दलले कसरी लिएको छ ?
यही कुरा हामीले बुझन सकिरहेका छैनौ । दुश्मन भएपनि बलिदानी र शहिद दिवसलाई नमन गर्नुपर्ने होइन र ? तर उनीहरुले किसान आन्दोलनको नाममा बलिदानी दिवमा किन यस्तो हर्कत र गतिबिधी गरेर राजनीतिलाई भडकाउ खोज्नुलाई म र हाम्रो पार्टीले आश्चर्यजनक घटनाका रुपमा लिएका छौं । हामीले कार्यक्रम गरिरहेको स्थल अगाडि नाराबाजी गर्दै कार्यक्रम बिथोल्ने प्रायस र हर्कत निकै भयो । हाम्रातर्फका युवा साथीहरु पनि आक्रोसित नभएका होइनन । तर मैले उनीहरुलाई संयमम रहन आग्रह गरें । त्यही कारण संभाबित भिडन्त हुन पाएन । मंचबाट मैले संबिधानले दिएको अधिकार प्रयोग गर्न र नपाएको अधिकार माग गर्ने आन्दोलनकारीलाई सुझाए । तर उनीहरु निरन्तर रुपमा उद्देलीत भइरहे । मैले मेरा साथीहरुको मनोवल नगिरोस भन्नका लागि सिके राउत तर्फ लक्षित गर्दै प्रश्न गरें डा’.साप तपाईंले के को आन्दोलन गर्नु भएको हो ? तपाईं जस्तो डाक्टरले हिंसा भडकाउने काम गर्न सुहाउँदैन, रासायनिक मल अभाव हुनुको कारण बारे बरु रिसर्च गरेर सत्यतथ्य बाहिर ल्याएर जनतामाझ लैजानको लागि भाषणमार्फत आग्रह गरें । अन्तराष्ट्रिय रुपमा नै मल उत्पादन गर्ने कारखाना बन्द कोरोना महामारीका कारण बन्द भइरहेका छन ।
छिमेकी मुलुक भारतसँग मल आयात गर्ने बिषयमा एम ओ यु भइसकेको छ । अव छिटटै मल नेपाल आउने क्रममा रहेको छ । होइन, हतारै हो भने तपाईं आफैं डा.हुनुहुन्छ, मुलुक भित्रै मल कारखाना स्थापनाको लागि रिसर्च थाल्नुस । भिजनसहित आउन मैले आग्रह गरेको हो । तर बलिदानी दिवसको दिनमा अराजनीतिक क्रियाकलाप नगर्नको लागि मेरो अनुरोध थियो । मलाई थाहा छ यही राइस मिल एरियामा ०६३ चैत ७ गते ठुलो मानवीय नरसंहार हुन पुगेको थियो । त्यस्ता हिंसात्मक घटना नदोरिउन भन्ने बिषयतर्फ मेरो संकेत थियो । तर मेरो आशयलाई बंगाएर नरसंहार गर्न खोजेको अर्थ लगाइयो । यसबाट म अत्यन्त दुखी छु । म राज्यको जिम्मेवार नागरिक र मन्त्रीको हैसियतले भन्नु पर्दा म कहिले पनि हिंसाको पक्षमा छैन र हुन नदिनको लागि एकदमै सचेत छु ।
तपाईंले गरेको भाषणलाई बंगाएर मिडियामा प्रचारबाजी गरिएको भन्ने यहाँको आशय हो ?
हो । मैले हिजोका दिनमा पढन नसकेका महिलाहरु अहिले सचेत भएर अधिकार खोजिरहेका छन । माइक समात्न नजान्नेहरु अहिले भाषण गर्न थालिसकेका छन । यस्तो अवस्थामा आफनो अधिकार खोज्दा अर्काको अधिकार हनन् नहोस भन्ने मेरो भनाई हो । मैले आन्दोलनकारीलाई त्यस्ता कार्यक्रम र गतिबिधी नगर्नको लागि सचेत गराएको मात्र हो । उनीहरुको आन्दोलन दवाउने, भिडन्त र मुठभेड गराउने मेरो कुनै आशय भाषणमा थिएन । मेरो मनसाय पनि त्यो होइन थिएन । हाम्रा साथीहरु पनि यही समाजका उत्पादन हुन । अर्को समुह हामी माथि आइलाग्दा जाइ लाग्न सक्छन, हामीलाई कमजोर नठान्नुहोस भन्ने मात्र मेरो आशय थियो । म अझ पुन दोहोराएर भन्छु हामी कुनै पनि हालतमा, कदापी हिंसा चाहादैनौ र स्वीकार्य पनि छैन ।
कार्यक्रमपश्चात मैले यस बिषयमा केही महिला साथीहरुलाई बुझन लगाएं, किन महिला, केटाकेटीसहितका आन्दोलनकारीलाई बाँसको भाटासहित आन्दोलनमा आउन बाध्य पारिएको रहेछक भनेर । मन्त्री आउँदैछ, मल खाद माग्ने अनि नपाए मन्त्रीमाथि प्रहार गर्ने उनीहरुको नियोजित षडयन्त्रकासाथ आएको पाइएयो । पुर्व नियोजित रुपमा संसदमा प्रतिपक्ष दलको भुमिकामा रहेको नेकपा एमालेले यो गतिबिधि गर्न लगाएको मैले सुचना पाएको छु ।
एमालेले यस्तो हर्कत गरेको कुरामा बिश्वास गर्ने आधार के देख्नु भएको छ ?
बलिदानी दिवस प्रतिकात्मक त हुँदैन नि ! म काठमाडौंमा फर्किएपछि एमालेका नेता कार्याकर्ताहरुको बोली, व्यवहार बक्तव्य र सामाजिक संजालमा आएका बिषयबाट त्यही कुरा झल्किन्छ । एमालेका साथीहरु जनमत पार्टीसँग साँठगाँठ गरेर हिंसा भडकाउन चाहान्थे भन्ने कुरा व्यवहारबाट पनि पुष्टि भइसकेको छ । स्थानीय प्रशासनले यो कुरा पुर्ववत रुपमा नै जानकारी पाएर सचेत गराएकै कारण हिंसा भडकन र मानवीय क्षती हुन पाएन । यसका लागि म स्थानीय प्रशासनलाई धन्यबाद पनि दिन चाहान्छु ।
स्थानीय प्रशासनले सुचना पाएर पनि तपाईंहरुलाई असहयोग गर्न खोजेको भन्न खोज्नु भएको हो ?
होइन, म आउने थाहा भएपछि नै उनीहरुले त्यस्ता गतिबिधि किन र कस्को उस्काहटमा गरेका हुन भन्ने प्रश्न हो । स्थानीय प्रशासनले सहयोग गरेको कारणले त अप्रिय घटना हुन पाएन ।
आवरणमा जनमत पार्टी देखिए पनि योजना बनाउनेहरु अरु नै छन भन्ने तपाईंको भनाई हो ?
अहिले सामाजिक संजालमा जे जति कुराहरु आएका छन एमाले अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरुबाट नै बढी आएका छन । घटनालाई अतिरञ्जित बनाउने काम किन भइरहेको छ ? यसमा मलाई शंका लागेको छ । एउटाको काँधमा बन्दुक राखेर अर्कैले पडकाउने खेल चलेको छ । यस्ता नाजायज गतिबिधि हामीले किन स्विकार गर्ने ? भलै मैले भाषण गर्ने क्रममा एक छिनका लागि केही तलमाथि शव्द बोले होला त्यसैलाई बंगाएर, गलत अर्थ लगाएर मेरो राजनीतिक चरित्र हत्या गर्न खोजिएको मात्र देखिन्छ । ‘खाएको बिष पो लाग्छ, नखाएको बिष कसरी लाग्छ ?’ नेपाली जनताले त्यति कुरा पनि नबुझलान त ? मैले बोलेको कुरा माफी माग्न सकुला तर मानवीय क्षति भएको भए त्यो फिर्ता कसरी गर्न सकिन्थ्यो ? भाँटा लिएर मन्त्रीमाथि आक्रमण गर्न आएको प्रमाण स्वरुपका तस्बिरहरु लुकाउने अनि मन्त्रीले बोलेको बिषयलाई हाइलाइट गरेर बिषयलाई अतिरञ्जित गर्न खोज्नुको कारण के हो त ? हिंसा फैलाउने काम कस्ले गरर्यो र को को बाट भन्ने कुरा अहिले छलङ्ग भईसकेको छ । यस बारेमा सत्य तथ्य बिषय बाहिर ल्याइयोस भन्ने मेरो भनाई हो ।
जे जति कुराहरु बाहिर आए, त्यसको निराकरणको लागि अब तपाईं कसरी अगाडि बढदै हुनुहुन्छ र कस्तो रणनीति अंगाल्नु हुन्छ ?
त्यो कुरा त मिडियाले नै जर्ज गर्ने हो नि । गल्ती, कमजोरी कस्को थियो भन्ने कुरामा त तपाईं मिडियाकर्मी साथीहरुले नै स्थानीय प्रशासनसँग सोधखोज गरेर सत्यतथ्य कुरा बाहिर ल्याउनु परर्यो । अनि, गृह मन्त्रालय, मानव अधिकार आयोग लगायतले स्वतन्त्र रुपमा छानवीन गरेर तथ्य कुरा सार्वजनिक गर्नुपर्छ भन्ने मेरो माग पनि छ । मेरो तर्फबाट गल्ती पुष्टि भयो भने म स्वीकार गर्न तयार छु । तर मिडियाले पनि मेरो भाषणको शुरु र अन्त्य नल्याएर बिचको केही शव्दलाई मात्र फोकस गर्नु जायज भएन छैन । मेरो बिषयमा तपाईं संचारकर्मीले निश्पक्ष भएर खोजवीन गरिदिएर यर्थात बिषय बाहिर ल्याइदिनुहोस । म यो समाज भन्दा बाहिर छैन । मेरा कमी कमजोरी देखिएको भने सच्याउन तयार छुं । सवै पक्षसँग मेरो यही बिनम्र आग्रह छ ।
यो घटनालाई तपाईंको पार्टीले कसरी लिएको छ ?
मेरो राजनीतिक दल, युवा, बिद्यार्थीलगायत भातृ संगठनहरु बिज्ञप्ति नै निकालेर हिंसा भडकाउने खोज्नेहरुका बिरुद्ध कडा रुपमा प्रस्तुत भएका छन । षडयन्त्र मुलुक ढंगबाट गर्न खोजिएको हर्कतलाई पार्टीले कडा रुपमा निन्दा गरेको छ । बलिदानी दिवस मनाइरहेकै दिनमा मन्त्री माथि किन यो हर्कत भयो भन्ने कुराले पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकमा चिन्ता प्रकट भएको छ ।
क्याबिनेट मन्त्री भएको नाताले प्रधानमन्त्री शेरबहादुर देउवाले तपाईंसँग यस बिषयमा केही कुरा गर्नु भएको छैन ?
म काठमाडौं फर्किएपछि बिभिन्न छलफलहरुमा नै ब्यस्त छु । सम्माननीय प्रधानमन्त्रीजीको व्यस्तता अझ झन बढी छ । प्रधानमन्त्रीलाई भेटनका लागि पीसीआर रिर्पोट अनिवार्य गरेकोले रिर्पोट आएपछि सायद आज भोली नै भेट हुन्छ ।