राष्ट्रिय सभाको निर्वाचन पछि सरकारमा हलचल आउने

काठमाडौं । आगामी बुधवार हुने राष्ट्रिय सभाको निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि त्यसलगत्तै संसद बैठक बोलाउने तयारी सरकारले गरेको छ । संसदमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज परियोजना एमसीसी प्रस्तुत गर्ने तयारी पनि भित्रभित्रै तीब्र पारिएको छ । सकेसम्म बर्तमान सत्ता साझेदार दल बाटै बहुमत पुरर्याउने त्यसो नभएको खण्डमा संसदमा प्रमुख प्रतिपक्ष दलको सहयोग लिएर भएपनि एमसीसीलाई निश्कर्षमा पुराएरै छाडने रणनीति प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार गरेको बुझिएको छ ।
त्यसका लागि प्रधानमन्त्री देउवाले गठबन्धन दल भित्र घनिभुत छलफल र बसह चलाई सकेका छन । तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी पार्टीले आफनो पोजिसन भने क्लियर गरिसकेका छैनन । उनीहरु एमसीसी पारित गर्नु अगाडि पाँच दल भित्र सहमति जुटाएर मात्र पारित गर्नुपर्ने पक्षमा जोड दिएका छन ।
प्रधानमन्त्री देउवा भने जुनसुकै हालतमा भएपनि एमसीसी संसदबाट पारित गराएर सकारात्मक संन्देश दिन चाहान्छन । त्यसपछि मात्र स्थानीय तहको चुनाव गराउने रणनीति अगाडि बढाएका छन । तर सत्ता गठबन्धन दल माओवादी केन्द्र र समाजबादी दल भने राष्ट्रिय सभाको चुनावमा जसरी एकजुट भएका छन त्यसरी नै आगामी दिनमा पनि अगाडि बढन नेपाली काँग्रेसलाई दवाव दिइरहेका छन । संसदमा प्रमुख प्रतिपक्ष दलको भुमिकामा रहेको नेकपा एमालेलाई अहिले जसरी एक्लाउन सकिएको छ, त्यसरी नै आगामी स्थानीय र आम निर्वाचनसम्म जानुपर्ने उनीहरुको शर्त रहेको बताइन्छ । तर नेपाली काँग्रेसका नेताहरु भने आगामी निर्वाचनमा गठन्धन नगरी एक्लै चुनाव लडनका लागि प्रधानमन्त्री देउवालाई दवाव दिइरहेका छन । यही कारण बर्तमान गठबन्धन सरकारमा खटपट भएको छ ।
यो सरकार बिशिष्ठ परिस्थितिमा गठन भएकोले आगामी दिनमा मिलेर अगाडी बढनका लागि नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउबा पनि तयार देखिएका छन । तर उनकै पार्टीका केही नेताहरु भने नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक दलले कम्युनिष्टहरुसँग सहकार्य गरेर चुनाव लडदा घातक हुने बताइरहेका छन । नेकपा एमालेसँग बिद्रोह गरेर अलग पार्टी गठन गरेको नेकपा एस र नेकपासँग अलग भएपछि नेकपा माओवादी केन्द्रको सांगठनिक धरातल कमजोर हुन पुगेको छ । जनता समाजबादी दलको पनि हालत उस्तै छ । यही कारण पनि उनीहरु नेपाली काँग्रेसँग मिलेर अगाडी बढन मरिहत्ते गरेको राजनीतिक बिश्लेषकहरु बताउँछन । राष्ट्रिय सभाको निर्वाचन लगत्तै संसदमा प्रस्तुत हुने एमसीसीका कारण बर्तमान गठबन्धनमा खटपट आउने बुझाई धेरेको रहेको छ । यही निहुँमा बर्तमान गठबन्धन टुटन सक्ने आंकलन पनि गरिएको छ ।
उता गठबन्धन दलबाटै बिना सहमति एमसीसी संसदमा प्रस्तुत नर्गन प्रधानमन्त्री देउवा माथि तिब्र दवाव पर्दै आएको छ । प्रधानमन्त्री देउवा अव कुरेर बस्ने नसकिने भन्दै जुनसुकै हालतमा पनि संसद बैठकमा एमसीसी प्रस्तुत गरेर अमेरिकालाई सकारात्मक संन्देश दिन चाहान्छन । यही मेसोमा प्रमुख प्रतिपक्ष दलले बिचमा खेल्न खोजेको छ । सत्ता गठबन्धन दलले एमसीसी पारित गर्नको लागि रचानात्मक भुमिका नखेलेको अवस्थामा आफनो दल तयार रहेको सकारात्मक संन्देश बालकोटले प्रधानमन्त्री देउवालाई गोप्य रुपम दिइसकेको बुझिएको छ । त्यही कारण पनि प्रधानमन्त्री लामो समय कुर्ने पक्षमा नरहेको बताइएको छ । बुधवार हुने राष्ट्रिय सभाको चुनाव र संसदमा एमसीसी प्रस्तुत भएपछि बर्तमान गठबन्धन सरकारको भविष्य के हुने भन्ने कुरा तय हुने देखिएको छ ।
प्रमुख प्रतिपक्ष दल एमालेको चाहाना भने यो गठबन्धन छिटटै टुटोस भन्ने रहेको छ । त्यसो भएको खण्डमा आगामी निर्वाचामा नेपाली काँग्रेससँग मात्र एमालेको चुनावी प्रतिस्पर्दा गर्न सजिलो हुने उसको बुझाई रहेको छ । सरकारमा रहेको पाँचै दल गठबन्धन गरेर चुनावमा गएको खण्डमा एमालेको पोजिसन के हुने भन्ने चिन्ता र भय एमालेजनमा रहेको देखिन्छ । जसरी भएपनि गठबन्धन भत्काउनु नै एमालेको अहिलेको एक मात्र ध्येय रहेको राजनीतिका जानकारहरु बताउँछन । सकेसम्म गठबन्धन भत्केपछि मात्र स्थानीय र आम चुनाव होस भन्ने एमालेको भित्रि चाहाना रहेको भएपनि बाहिर भने उसले चुनावको माग गरिरहेको छ । उता जुनसुकै अवस्थामा पनि तीनै तहको चुनाव गर्न बर्तमान सरकार तयार रहेको जानकारी प्रधानमन्त्री देउवाले शुक्रबार दिइसकेका छन ।