२७ उद्योग बिरुद्ध खाद्य, तथा गुण नियन्त्रण विभागद्धवारा मुद्दा दायर

काठमाडौं । खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले मातहत जिल्ला डिभिजन र कार्यालयहरुले ०७७ साउन देखि कात्तिक मसान्तसम्म दैनिक उपभोग्य बस्तुमा कैफियत गरी बजारमा पठाएको अभियोगमा बिभिन्न जिल्लाका २७ वटा उद्योग, पसललगायत निकाय बिरुद्ध मुद्धा दायर गरेका छन ।
आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको अभियोगमा बिभागले ती निकाय बिरुद्द मुद्दा दायर गरेको बिभागले जानकारी दिएको छ । बिभागले काठमाडौं उपत्यका बाहिरी जिल्लाका कैफियत र बिभिन्न किसिमका ठगि गरेको अभियोगमा अलग अलग प्रकृतिका उद्योग, पसल बिरुद्द कारवाही स्वरुप जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतमा मुद्दा दायर गरेको बिभागले आफनो प्रतिवेदनमार्फत जानकारी गराएको छ ।
न्युन गुणस्तर अभियोगमा मुद्धा
न्युन गुणस्तरको भटमास र सुर्यमुखी तेल उत्पादन गरी बजारमा बिक्री बितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलावाड गरेको अभियोगमा खाद्य, प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले गणपति बनस्पति प्रा. लि. सिमरा बिरुद्ध ०७७ साउन ६ गते जिल्ला प्रशासन कार्यालय बारामा अलग अलग तीन वटा मुद्धा दायर गरेको छ ।
पोखरा महानगरपालिका १७ मा रहेको पोखरा नुडल्स प्रा.लि.ले न्युन गुण्स्तरको चाउचाउ उत्पादन गरी बजारमा पठाएको अभियोगमा ०७७ भदौ ५ गते डिभिजन कार्यालयले जिल्ला प्रशासन कार्यालय कास्कीमा मुद्धा दायर गरेको बताइएको छ ।
न्युन गुणस्तरको सस उत्पादन गरेको अभियोगमा नवलपरासीस्थित शिवशक्ति सस उद्योग बर्दघाट बिरुद्ध कार्यालयले ०७७ असोज १२ गते मुद्धा दायर गरेको छ । जनकपुर ६ स्थित अन्नपुर्ण किराना पसल धनुषाले न्युन गुणस्तरको मटर फ्राई बजारमा पठाएको अभियोगमा डिभिजन कार्यालय जनकपुरले ०७७ असोज २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्धा दायर गरेको छ ।
त्यस्तै न्युन गुणस्तरको चाउचाउ उत्पादन गर्ने उदयपुर कटारी २ स्थित गणपति सिन्के चाउचाउ उद्योग बिरुद्ध डिभिजन कार्यालय उदयपुरले ०७७ साउन ४ गते जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको छ ।
सोही अभियोगमा न्युन गुणस्तरको मटर फ्राई उत्पादन गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको अभियोगमा डिभिजन कार्यालय सुनसरीले खनाल फुड प्रोडक्टस इटहरी सुनसरी बिरुद्ध ०७७ असोज २७ गते जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको छ ।
बनेपा १० काभ्रेमा रहेको गौरीशंकर जिं एस. मिनलर वाटरले न्युन गुणस्तरको प्रशाधित पिउने पानी उत्पादन गरी बिक्री बितरण गरेको अभियोगमा ०७७ साउन ४ गते कार्यालायले जिल्ला प्रशासन कार्यालय काभ्रेमा मुद्धा दायर गरेको छ ।
लेवल अपुर्ण बिरुद्ध मुद्धा
हेटौडा उपमहानगरपालिकामा १९ नेवारपानीमा रहेको हेटौडा डेरी इण्डष्ट्रिजले कप दहीमा लेवल अपुर्ण गरी उपभोक्ता माथि ठगि गरेको अभियोगमा कार्यालयले ०७७ असोज ११ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मुद्धा दायर गरेको छ ।
यसैगरी मकवानपुरकै हेटौडा ४ मा रहेको घर संसारले चामलमा लेवल अपुर्ण गरी बजारमा बेचबिखन गरेको अभियोगमा कार्यालयले ०७७ असोज ११ गते नै जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको बताइएको छ । कपिलबस्तु बुद्धभुमी ९ मा रहेको महालक्ष्मी डेरी उद्योगले नौनी घयुमा लेवल अपुर्ण गरी बजारमा पठाएको अभियोगमा भैरहवा कार्यालयले ०७७ भदौ ५ गते जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा मुद्धा दायर गरेको छ ।
लेवल सम्वन्धी अभियोगमा वेष्र्टन बेकरी उद्योग कोहलपुर १२ बाँके बिरुद्ध ०७७ असोज २७ गते कार्यालयले जिल्ला प्रशासन कार्यालयमा ३ वटा मुद्धा दायर गरेको बताइएको छ ।
दुषित खाद्य सामाग्री बिरुद्ध मुद्धा
भक्तपुरस्थित कान्तिपुर फिड ईण्डष्ट्रिज प्रा.लि.दुषित दाना पदार्थ उत्पादन गरेको अभियोगमा बिभागले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ०७७ साउन ४ गते मुद्धा दायर गरेको छ ।
त्यस्तै नवलपरासी रामग्राम ५ मा रहेको रिद्धिसिद्धि मिष्ठान्न भण्डारलाई दुषित मिठाई उत्पादन गरेको अभियोगमा ०७७ भदौ १५ गते भैरहवा कार्यालयले नवलपरासी जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । उता नपलपरासी पाल्हिन्नदन ३ बिलासपुरस्थित शितल जल पानी उद्योगले दुषित पानी उत्पादन गरेको अभियोगमा भैरहवा कार्यालयले ०७७ माघ ७ गते नवलपरासी जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।
त्यसैगरी सोही अभियोगमा कोहलपुर १२ बाँकेमा रहेको कंचन मिनरल वाटर उद्योग बिरुद्ध नेपालगंज कार्यालयले ०७७ असोज ६ गते जिल्ला अदालत बाँकेमा मुद्धा दायर गरेको बताइएको छ । पाँचखाल नगरपालिका ४ तामाघाटमा काभ्रेमा रहेको माँ दुर्गा एण्ड चाट पसलले दुषित मिठाई लडडु उत्पादन गरी बिक्री बितरण गरेको अभियोगमा डिभिजन कार्यालयले ०७७ साउन १५ गते जिल्ला अदालत काभ्रेमा मुद्धा दायर गरेको छ ।
यही अभियोगमा बनेपा १३ मा रहेको यति वेभरेज प्रा.लिलाई दुषित पानी उत्पादन गरी बजारमा पठाएको अभियोगमा सोही मितिमा जिल्ला अदालत धुलिखेलमा मुद्धा दायर गरिएको छ । त्रिशक्ति फिड ईण्डष्ट्रिज भैंसेपाटी काभ्रे बिरुद्ध पनि सोही अभियोगमा ०७७ कात्तिक १६ गते जिल्ला अदालतमा मुद्धा दायर गरेको छ ।
खाद्य ऐन नियम र उपभोग्य मिति समाप्त गर्ने बिरुद्ध पनि मुद्धा
नेपालगंजमा रहेको एम. ए सप्लायर्स र अक्सा ट्रेर्डसले काजु किसमिसमा खाद्य ऐन उल्लघन गरी बिक्री बितरण गरेको अभियोगमा नेपालगंज कार्यालयले ०७७ असोज २७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्धा दायर गरेको बताईएको छ ।
उपभोग्य मिति समाप्त गरी राज स्वीट हाउस गोठालापानी र जनता होटल पन्जुका नयाँ बैतडीले बियरमा उपभोग्य मिति समाप्त गरेको अभियोगमा डिभिजन कार्यालयले ०७७ भदौ ५ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्धा दायर गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका ७ स्थित प्रकृति जल उद्योगले प्रशोधित पिउने पानीमा लेवल नटाँसी दुषित पानी बजारमा पठाएको अभियोगमा डिभिजन कार्यालयले ०७७ पुष २७ गते जिल्ला अदालतमा सुनसरीमा मुद्धा दायर गरेको छ ।