टेकु अस्पतालमा खोप अभियान पुन सञ्चालन
काठमाण्डौ ( शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप स्थगित गरेको पुन रुपमा संचालनमा आएको छ ।
अस्पतालकौ निर्देशक डा. मनिषा रावलले नेपाल रेडक्रस र काठमाण्डौ महानगरपालिका स्वास्थ्य शाखाबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालनमा आएको बताउनुभयो ।
उहाँका अनुसार आज बिहान १० बजेदेखि खोप अभियान सुरु भएको छ । अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण देखा परेकोले एक हप्ताका लागि खोप अभियान स्थगित गरेको थियो ।
अस्पतालमा कोरोना भाइरसविरुद्धको बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो ।